टप स्पीड ९६ किलोमिटर, तौल ३८ केजी, अनौठो इलेक्ट्रीक बाइक !

जर्मन इलेक्ट्रीक बाइक कम्पनी नोभसले नयाँ इलेक्ट्रीक बाइक सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकाको लस–भेगसमा जारी कन्ज्यूमर इलेक्ट्रोनिक्स शो–२०१९ मा नयाँ इलेक्ट्रीक बाइक सार्वजनिक गरेको हो । यो बाइक–क्रस साइकल र मोपेडको रुपमा बजारमा आएको हो । 

यस बाइकमा स्कीनी–ह्वील्स र टायरबाहेक लाइट र नम्बर–प्लेट राख्ने स्थान दिएको छैन । यस इलेक्ट्रीक बाइकमा सबैभन्दा नयाँ कार्वन फाइबर–फ्रेमको प्रयोग गरिएको छ । जुन एक प्रोडक्सन इलेक्ट्रीक बाइकमा देखिएको छ । 

यस इलेक्ट्रीक बाइकमा हब–माउन्टेड मोटर र युनिक डिजाइन दिइएको छ । त्यस्तै, कम्पनीले इलेक्ट्रीक टु–ह्वीलरमा यो नयाँ उत्पादन भएको दावी गरेको छ । 

कम्पनीकाअनुसार यस बाइक निकै हलुङ्गो छ । यसको तौल जम्मा ३८.५ किलोग्राम रहेको छ । यो बाइकको टपस्पीड क्षमता ९६.५ किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै, यस बाइकले ९६ किलोमिटर रेन्ज प्रदान गर्छ । 

यस इलेक्ट्रीक बाइकमा १४.४ किलोवाट लिथिएम आयन ब्याट्रीकोे प्रयोग गरिएको छ । जुन फ्रेमको नजिक छ । यसमा लगाइएको इलेक्ट्रीक मोटरले ८.३ बीएचपी पावर र २०० एमएन–टर्क जेनेरेट गर्छ । त्यस्तै, १ घन्टामा यसको ब्याट्री ८० प्रतिशत चार्ज हुनेछ । 

यस्तो हुनेछ, बाइक

यस बाइकको सस्पेन्सन सेटअप युनिक रहेको छ । त्यस्तै, फ्रन्ट सस्पेन्सन, हेडसेटको स्ट्रोकमा राखिएको छ ।  

बाइकमा ब्रेकिङ्गका लागि ड्यूल हाइड्रोलिक फ्लोटिङ्ग केलिपर डिस्क–ब्रेक दिइएको छ । तर, इन्स्ट्रुमेन्ट क्लस्टर भने दिएको छैन । यसलाई स्मार्टफोनको प्रयोग गरी विस्थापन गरिएको छ । कम्पनीकाअनुसार स्मार्टफोन कन्ट्रोल र डिस–प्ले इन्स्ट्रुमेन्टका लागि मात्र नभई डिजिटल चाबीको लागि पनि प्रयोग गर्न सकिन्छ । 


Back_to_top