चीनमा जिली र चेरी न्यू इनर्जी भेहिकलमा बलियो बन्दै

काठमाडौं । चीनमा जनवरी सेल्सको आधारमा जिली र चेरीले आफुलाई बलियो रुपमा स्थापित गर्दै गएको देखियो । पहिलो स्थानमा बीवाइडी बलियोसँग बस्दा दोस्रो र तेस्रो स्थानमा जिली अटो र चेरी देखिएका हुन् ।

सन् २०२५ को पहिलो महिनामा २०२४ डिसेम्बर (अघिल्लो महिना)को तुलनामा अधिकांश ठूला ब्राण्डले बिक्री गुमाउँदा जिलीले भने बिक्री बढाएको हो । डिसेम्बरको तुलनामा बीवाइडीले ४१.८ प्रतिशतले बिक्री गुमाउँदा जिलीले ४.२ प्रतिशतले बढाएको हो ।

बीवाइडीले २ लाख ९६ हजार ४४६ युनिट प्यासेन्जर कार बिक्री गर्दा जिलीलले १ लाख २१ हजार ७१ युनिट कार बिक्री गरेको हो । तेस्रो स्थानको चेरीले ५६ हजार ९०१ युनिट कार बिक्री गरेको छ । अघिल्लो महिनाको तुलनामा चेरीले ४४.६ प्रतिशतले बिक्री गुमाएको हो ।

माथिल्लो सूचीमा रहेको तीन बाहेक हिमा ब्राण्डले ३४ हजार ९८७, एक्स्पेङले ३० हजार ३५० युनिट र एलआई अटोले २९ हजार ९२७ युनिट कार बिक्री गरेका छन् ।

टप १० भित्र अटाएको लीप मोटर, दिपल, ग्रेटवाल मोटर र साओमीले क्रमशः १५ हजार १७०, २४ हजार ५७५, २२ हजार २६३ र २१ हजार ९६० युनिट कार बिक्री गरेका छन् ।


Back_to_top