काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस्ले आफ्नो सवारी साधनमा सक्कली पार्टपूर्जा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
पछिल्लो समय बजारमा नक्कली पार्टस्पूर्जाको बिक्री वितरण बढेकाले सवारी साधनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पार्टस् मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।
नक्कली पार्टस्ले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पुर्याउने खतरालाई बढावा दिने सिप्रदीको भनाइ छ । जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्टस्को प्रयोग अनिवार्य रहेको कम्पनीको भनाइ छ ।
मुख्य ४ कुरा हेरेर सक्कली र नक्कली पार्टस् छुट्याउन सकिने सिप्रदीले बताएको छ । टाटाको जेन्युइन पार्टस्को प्याकेटमा उल्लेख गरिएको कन्ट्री कोड 2081290 वा 2081295 सुनिश्चित गरिएको, टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुनेछ ।
त्यस्तै, टाटाको जेन्युइन थ्रीडी होलोग्राममा देखिने टाटाको लोगो र क्यूआर कोड स्क्यान गरेर सक्कली पुष्टि गर्न सकिने छ ।
नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरिएको नहुने कम्पनीले जनाएको छ ।
टाटा जेन्युइन पार्टस्ले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।
सिप्रदी अटोपार्टस् प्रालिका नेपालभर रहेका रिटेलस तथा पार्टस् आउटलेटहरूमा सक्कली पार्टस् उपलब्ध छन् । ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कण्ट्री कोड र क्यूआर कोड जाँच गरेर मात्र सक्कली टाटा जेन्युइन पार्टस् प्रयोग गर्नु आग्रह गरेको छ ।

