ग्लोब्याटको डिलर मिट सम्पन्न, नयाँ ब्याट्री सिरिज सार्वजनिक

काठमाडौं । ग्लोब्याटको ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ ।

नेपालको लागि ग्लोब्याटको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले जेठ १४ र १५ गते काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा उक्त कार्यक्र सम्पन्न गरेको हो ।

डिलर मिटमा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीले उत्कृष्ट डिलर तथा कर्मचारीलाई विभिन्न विधामा सम्मान समेत गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

पूर्व, पश्चिम, गण्डकी, काठमाडौँ लगायतका क्षेत्रीय श्रेणीमा उत्कृष्ट विक्रेताहरू चयन गर्दै सम्मान गरिएको छ भने अजाम अटो विरिङ सेन्टरलाई नेपालको उत्कृष्ट डिलरको सम्मान प्रदान गरिएको छ ।

नयाँ ब्याट्री सार्वजनिक

कम्पनीले डिलर मिटकै अवसरमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनका नयाँ ब्याट्री सार्वजनिक गरेको छ । कम्पनीले भीआरएलए, एएफबी र क्लासिक सिरिज ब्याट्री सार्वजनिक गरेको हो ।

त्रिथुङ्गा ट्रेडिङका महाप्रबन्धक श्याम पाण्डेले निकट भविष्यमै ग्लोब्याटको वितरण सञ्जाललाई अझ विस्तार गरिने घोषणा गरे । नेपाली बजारलाई ग्लोब्याटमा दृढ विश्वास राख्न पनि उनले आग्रह गरे । ‘ग्लोब्याट केवल उत्पादन होइन, विश्वसनीयता र दीर्घकालीन सम्बन्धको प्रतीक हो’ उनले भने ।

बङ्गलादेशबाट आएका रहिमाफ्रुज ग्रुपका कार्यकारी निर्देशक फराज अब्दुर रहिम, प्रमुख कार्यकारी अधिकृत कम्रुल इस्लाम, अन्तर्राष्ट्रिय व्यापार प्रमुख जाकिर हुसेन र सार्क क्षेत्र प्रमुख अमिर हुसेन नोभलले ग्लोब्याटको अन्तर्राष्ट्रिय यात्रा र भविष्य योजनाबारे प्रस्तुति दिएका थिए । संसारभर लोकप्रिय रहेको यो ब्राण्ड छोटो समयमा नेपालमा पनि लोकप्रिय बनेकोमा खुसी व्यक्त गरे ।


Back_to_top