काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरले दुई दिनपनि नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले चीनमा बिक्री सुरु गर्न लागेको नयाँ एसयूभी ‘सी-१६’ हुने बताइएको हो ।
स्टेलान्टीसले लगानी गरेसँगै निकै आक्रमक बजार बिस्तारमा देखिएको लीपमोटरले ल्याउन लागेको सी-१६ यसअघि पनि बजारमा उपलब्ध मोडल हो । यसअघि छ र सात सीट क्षमताको साथ उपलब्ध सी-१६ अब भने ५ सिट क्षमतामा आउन लागेको हो ।
कम्पनीले सिट संख्यामा मात्रै घटाएर सी-१६ ल्याउन लागेको होइन । उसले गाडीको लुक्समा नै परिवर्तन गर्न लागेको हो । कम्पनीले नयाँ सी-१६ लाई आफ्नो सी-१० एसयूभी जस्तै बनाएको देखिन्छ ।
सी-१० बाट लिइएको थ्रु-टाइप हेडलाइटहरु, हिडन डोर ह्याण्डल, लीपमोटर ओएस इन्टेलिजेन्ट भेहिकल सिस्टम, क्वालकमको स्न्यापड्रागन ८२९५ चीप दिएर लुक्ससँगै हाइटेक बनाउन कुनै कसर बाँकी राखेको छैन ।

लीपमोटरले नयाँ एसयूभीलाई थ्रियटर भन्दा कम नलाग्नेगरी तयार पारेको छ । यसमा २१ स्पीकर सिहतको ७.१.४ डल्बी एटमस साउन्ड सिस्टम पाउन सकिन्छ । १५.६ इन्चको विशाल स्कृन, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फाइभ जी कनेक्टीभीटी दिइएको छ ।
सुरक्षाको लागि पनि निकै हाइटेक नयाँ सी-१६ मा ३० वटा ड्राइभिङ सेन्सर प्रयोग गरिएको छ । एडास २.० फिचरको साथ आउने नयाँ एसयूभी पहिलो पटक चीन बाहिर पनि बिक्री गर्ने योजना कम्पनीले बनाएको छ ।

