काठमाडौं । ट्राफिक प्रहरीले चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकमाथि कारबाही तीव्र पारेको छ ।
ट्राफिकले पछिल्लो ३ दिनमा मात्रै ठूलो आवाज निकाल्ने, हो हल्ला गर्दै हिँड्ने, मोडिफाइ गर्ने लगायत ७६ वटा मोटरसाइकललाई कारबाही गरेको हो ।
जेठ २० गतेदेखि २२ गतेसम्म ट्राफिकले चलाएको विशेष अभियानका क्रममा ७६ वटा मोटरसाइकलसहित चालकहरुलाई नियन्त्रणमा लिई कारबाहीको लागि यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
यदि आफ्नो टोलमा पनि कसैले ठूलो आवाजसहित मोटरसाइकल चलाएको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ र नेपाल प्रहरीको १०० नम्बर मा जानकारी गराइदिन ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ । सूचना दिनेको व्यक्तिको विवरण गोप्य राखिने प्रहरीले जनाएको छ ।
ठूलो आवाज निकाल्ने र मोडिफाइ गरेर सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम १ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।


