काठमाडौं । कोशी प्रदेश सरकारले सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) र हाइड्रोजनबाट चल्ने सवारीसाधनलाई कर छुट दिने भएको छ ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उक्त छुट घोषणा गरेका हुन् ।
‘सीएनजीमा आधारित वा मोनो इन्धन वा द्धिइन्धन प्रणालीमा परिमार्जित, ग्रीन हाइड्रोजनबाट चल्ने सवारीलाई लाग्ने सवारी करमा छुट हुने व्यवस्था मिलाएको छु,’ उनले बजेट वक्तव्यमा भनेका छन् ।


