काठमाडौं । चिनियाँ इलेक्ट्रीक अटोमोवाइल ब्राण्ड ओमोडा/जेकोका गाडी किन्नेले ब्याज तिर्नु नपर्ने भएको छ । बिक्रेता कम्पनीका अनुसार ओमोडा/जेको गाडी किन्नेले एक वर्षसम्म ब्याज तिर्नु नपर्ने भएको हो ।
नेपालको लागि आधिकारीक वितरक एसपीजी अटोमोवाइलले ओमोडा/जेकोमा ‘मेगा मन्सुन अफर’ ल्याएर उक्त घोषणा गरेको हो ।
कम्पनीले मंगलबारदेखि सुरु गरेको मेघा मनसुन क्याम्प अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमै ओमोडा र जेकोका गाडीहरु खरिद गर्न सकिनेछ । कम्पनीले २० प्रतिशत डाउन पेमेन्टका साथै १ वर्षसम्मको किस्तामा ब्याजसमेत तिरिदिने सुविधा दिएको हो ।
यस स्कीममा ओमोडा/जेकोका गाडी किन्नेले १ वर्षको अटो प्लस इन्स्योरेन्स, ७ किलोवाटको चार्जर, नगद छुट र एक्सचेन्ज बोनस पनि पाउने छन् ।



