भिडियो रिभ्यू : कम्प्याक्ट एसयूभीमा नयाँ टेस्ट दिने ‘नेक्सन के-थ्री’

काठमाडौं । नेक्सन ईभी भन्ने बित्तिकै तपाईंको मनमा के याद आउँछ ? यदि, नेक्सन ईभी नै चढ्दै हुनुहुन्छ भने तपाईंको अनुभवभन्दा निकै फरक लाग्ने नेक्सन के-थ्री अहिले बजारमा पाउनु हुन्छ ।

सन् २०२१ जुलाईमा नेपाल आएको नेक्सन ईभी किन्नेको होडबाजी नै चल्यो । खासगरी कम्प्याक्ट साइजको एसयूभी, उच्च ग्राउण्ड क्लियरेन्स र सिप्रदीको बलियो नेटवर्कको साथ नेक्सन ईभीले पायो । त्यसमा सिप्रदीले घोषणा गरेको डीसी फास्ट चार्जर र गाडी बिक्री सुरू हुनु अगाडि तयार भएका चार्जिङ नेटवर्कले उपभोक्ता नतान्ने कुरै भएन ।

संख्यात्मक रूपमा ३ हजार युनिट माथि नेक्सन ईभी छोटो समयमा बिक्री भयो । केही मानिसले रेन्जमा गुनासो गरे, त्यो बाहेक अन्य गुनासो नेक्सनमा अहिलेसम्म सुनिएको छैन । बजारमा धेरै रेन्ज दिने ईभीहरू बढ्दै जाँदा नेक्सन केही पछाडि परेको थियो । भारतमा फेसलिफ्ट नेक्सन ईभी लन्च भएसँगै नेपालमा आयात रोकियो ।

दुई महिना अगाडि नेक्सन के-३ नामबाट बिक्री सुरू भएको कम्प्याक्ट एसयूभी अहिले राम्रै संख्यामा बिक्री सुरू भएको छ । ठूलो ४५ किलोवाट आवरको ब्याट्री साइज र ३२० किलोमिटरसम्मको रेन्जले के-थ्रीलाई बलियो बनाएको छ । यसले विल्कुलै नयाँ टेस्ट प्रदान गर्नेछ ।

पूर्णतः नयाँ ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ इन्ट्रुमेन्ट क्लष्टर, नयाँ भ्यान्टिलेटेड सिट, नयाँ फिजिकल-डिजिटल बटमहरू, नयाँ प्रिज्मेटिक ब्याट्री सेल, ३६० डिग्री क्यामेरा, ५ स्टार सेफ्टी रेटिङ जस्ता कारण यसलाई अब्बल एसयूभी मान्न सकिन्छ ।

नेपाली बजारको लागि विल्कुलै नयाँ मोडल नभए पनि यसमा रहेका अधिकांश फिचर नयाँ छन् । फ्रन्ट लुक्स र रियर लुक्समा पनि ठूलो चेन्ज देख्न सकिन्छ । यदि, तपाईं पनि एक पटक टेस्ट ड्राइभ गर्नुभयो भने आफैँ फरक छुट्टाउन सक्नुहुन्छ ।

भिडियो रिभ्यू : कम्प्याक्ट एसयूभीमा नयाँ टेस्ट दिने ‘नेक्सन के-थ्री’


Back_to_top