५ मिटर लामो कारमा ३ सिट, कुकुरको लागि छुट्टै बेड

काठमाडौं । बेलायती लग्जरी कार उत्पादक बेन्टलेले आफ्नो पहिलो इलेक्ट्रीक कार कन्सेप्ट देखाएको छ । बेन्टलेले देखाएको कन्सेप्ट डिजाइन क्रसओभर कार नभएर ‘र्याडिकल डिजाइन’ सहितको परम्परागत सेडान हो ।

‘ईएक्सपी-१५’ नाम दिएको सेडान कारमा ३ वटा मात्रै सिट रहेका छन् । बेन्टलेले ईएक्सपी-१५ मोडलमा अगाडि एउटा मात्रै सिट छ । कम्पनीले चालक बाहेकको अन्य स्थानलाई ‘इनोभेटिभ इनक्याबिन स्टोरेज’को रूपमा विकास गरेको हो ।

अगाडि प्यासेन्जर सिट भएको ठाँउमा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरलाई सहज यात्राका लागि बेल्ट सहितको बेड समेत दिइएको छ । उक्त सिटमा दुईवटा सुटकेस समेत राख्ने अप्सन पाउन सकिन्छ ।

ईएक्सपी-१५ कारको ड्यासबोर्डलाई कम्पनीले ‘विङ गेस्चर ड्यासबोर्ड’ भनेको छ । यसमा पूर्ण डिजिटल डिस्प्ले रहेको ड्यासबोर्डमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम जोडिएको छ ।

अपराइट फ्रन्ट डिजाइनमा तयार गरिएको कारमा ठूलो साइजको ‘इनक्लोज ग्रील’ छ । भर्टिकल हेडलाइट, स्लोपी ब्याक रुफलाइन र सिल्भर-गोल्ड बडी कलर दिइएको छ । यो कन्सेप्टमा साइडमा एजी लाइन र राउण्डेड ह्वीलआर्क देख्न सकिन्छ ।

साइजमा ५ मिटरभन्दा लामो इएक्सपी-१५ अल्ट्रा लग्जरी कार पूर्ण ब्याट्री इलेक्ट्रीक हो । अल ह्वील ड्राइभ सिस्टमको साथ आउने कारमा रहेको ब्याट्री, मोटर लगायतका टेक्नीकल डिटेलका बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top