यामाहाले आर–१५ डार्क नाईटबाट प्रभावित भएर आफ्नो चर्चित स्कुटर फेसिनोको डार्क नाइट भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले डार्क नाइटमा युनिफाईड ब्रेकिङ्ग सिस्टम (युबीएस)को विशेषतासमेत दिएको छ ।
कम्पनीले यसको ब्याट्री प्याकसमेत परिमार्जनगरी मेन्टीनेन्स फ्रि गरेको जनाएको छ भने, नयाँ फेसिनोको मूल्यसमेत केही बढाइएको छ । परेगुलर मोडलको मूल्य ५५ हजार १५ रुपैयाँ भारु रहेकोमा उक्त डार्क नाईटको मूल्य ५६ हजार ७९३ भारु तोकिएको हो ।
कम्पनीले पहिलोपटक सन् २०१५ मा फेसिनोलाई बजारमा उतारेको थियो । ब्ल्याक कलर थिममा ल्याईएको यस स्कुटरमा क्रोम इन्सर्ट र सिबीएसको सेफ्टी फिचर्स दिएको छ ।
कम्पनीले नयाँ बडी स्टाइल तथा ग्राफिक्समा ल्याएको फेसिनोमा डबल टोन सिट कभर, रेइज ग्राब रेल, पिलीन कम्फर्ट सिट, न्यु क्रोम एसेन्टलगायतका विशेषता दिइएको छ । यसमा ११३ सिसि सिंगल सिलिन्डर एयर कुल्ड फोर स्ट्रोक एसओएचसी २ भल्भ इन्जिन दिइएको छ । उक्त इन्जिनले ७५ सय आरपीएममा ८ पीएस पावरका साथै ५ हजार आरपीएममा ९ एनएम टर्क उत्पादन गर्छ ।
कम्पनीका चेयरम्यान मोटोफिमी सिताराले नयाँ डार्क नाइटमा आकर्षक, स्टाइलिस, स्पोर्टी विशेषता प्रदान गरिएको दाबी गरेका छन् ।
यामाहाले फेसिनो नेपाली बजारमा समेत बिक्री वितरण गर्दै आएको छ । मोरङ्ग अटो वर्कसले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको फेसिनो रेगुलर मोडलको मूल्य २ लाख एक हजार ९०० रुपैयाँ रहेको छ । अहिल्यै डार्क नाईट भने नेपाली बजारमा उपलब्ध भएको छैन ।


