तीन एयरलायन्सले रोके बोइङ ७३७ म्याक्सको उडान, ५ हजार यूनिट अर्डरको के होला भविष्य ?

काठमाडौं । गत अक्टुवर १९ मा इण्डोनेसियन विमान कम्पनी लायन एयरको फ्लाइट ६१९ उडान भरेको १३ मिनेटमा नै  इण्डोनेसियाको जाभा समुन्द्रमा भयाकन दुर्घटनामा पर्यो । उक्त घटनामा जहाजमा सवार सबै १८९ जना यात्रु तथा कू्र मेम्बरहरुको मृत्यु भएको थियो । 

लायन एयरको १९ वर्षे इतिहासमा भएको यो पहिलो दुर्घटना थियो भने बोइङ कम्पनीको सबैभन्दा पछिल्लो उत्पादन ७३७ म्याक्स ८ को समेत पहिलो नै दुर्घटना थियो । खुल्ला मौसममा विहानको समयमा भएको उक्त दुर्घटनामा पाईटलले जहाजमा केही टेक्नीकल समस्या आएकोले पुनः उडान गरेको एयरपोर्टमै फर्किने अनुमति मागेका थिए । तर, जहाजबीचमै समुन्द्रमा खस्न पुग्यो । 

उक्त दुर्घटना पछि चाईनाको सिभिल एभिएसन अर्थोरिटीले चाइनिज एयलायन्सहरुले प्रयोग गरिरहेको ९७ वटा बोइङ ७३७ म्याक्स ८ ग्राउण्डेड गरेका छन् । 

उक्त घटनापछि बोइङले सम्पूर्ण ७३७ म्याक्स फेमिलीका चालकहरुलाई स्पेसल बुलेटिन जारी गरेको थियो । त्यसपछि भने यस्तो समस्या नआउनेमा बोइङ ढुक्क देखिन्थ्यो । 

उक्त दुर्घटनाको ५ महिनापनि पुरा नहुँदै हिजो इथियोपियन एयरको बोइङ ७३७ म्याक्स ८ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको छ । विमानमा सवार १५७ जना व्यक्तिको निधन भएको छ । यसले विश्वमा नै नयाँ तरङ्ग पैदा गरेको छ । उक्त विमानमा विश्वका ३५ देशका नागरिकले यात्रा गरिरहेका थिए । जसमा एक नेपाली विश्व खाद्यय कार्यक्रममा कार्यरत एकता अधिकारीसमेत परेकी छिन् । 

पछिल्लो जानकारी अनुसार दुर्घटना हुनु अघि उक्त जहाजका पाइलटले जहाजमा प्राविधिक समस्या आएको र जहाजमा आफै भर्टिकल स्पीड बढेको रिपोर्ट गरेका थिए । जसलाई फ्लाइट राडार डटकमले पुष्टी गरिसकेको छ ।  

दोस्रो दुर्घटना पछि बोइङ्गको ७३७ म्याक्स ८ मोडल संचालन गरिरहेका सबै एयरलायन्स समस्यामा पारेका छन् । उक्त दुर्घटना पछि चाईनाको सिभिल एभिएसन अर्थोरिटीले चाइनिज एयलायन्सहरुले प्रयोग गरिरहेको ९७ वटा बोइङ ७३७ म्याक्स ८ ग्राउण्डेड गरेका छन् । 

इथियोपियन तथा क्यामेन एयरले पनि आफ्नो फ्रिटमा रहेको यो मोडलको सबै जहाज ग्राउण्डेड गरेको छ । दुबै दुर्घटनामा एकै प्रकारको जहाज तथा टेकअफको केही समयमै भएकाले दुवै दुर्घटनाको कारण समान हुन सक्ने अनुमान गरिएको छ । 

बोइङले प्रयोग गरेको एमकास (म्यानुओभरिङ क्यारेक्टरस्टीक्स अग्मेन्टेसन सिस्टम) का कारण बोइङ ७३७ म्याक्स ८ का दुईवटै जहाजको दुर्घटना भएको अनुमान गरिएको छ । जहाजको एङ्गल अफ अट्याक सेन्सरको कम्युनीकेशनले अटोमेटिकल्ली जहाजको दिशा र गति परिवर्तन गर्छ । यसले जहाजलाई ‘स्टल’ हुनबाट बचाउनका लागि निर्देशित गर्छ । 

जसले जहाजको फ्लाईट कन्ट्रोल सिस्टमलाई नोज डाउन गरेर स्पीड बढाउन निर्देशीत गर्ने काम गर्छ । यदि यो कम्युनीकेशन गलत भएमा उपयुक्त स्पीडमा उडिरहेको जहाजको पनि नोज डाउन हुने गर्छ । यही समस्या उक्त विमानमा भएको अनुमान गरिएको छ । 

करिब १ करोड २० लाख डलर मूल्य रहेको उक्त मोडलको ५ हजारभन्दा बढी यूनिट आगामी एक दशकको लागि अडर लिएको जनाएको छ ।

दुर्घटनामा परेको दुवै जहाजको फ्लाइट रिपोर्ट हेर्दा आफै भर्टिकल स्पीड अप र डाउन हुने समस्या देखिएकोले यो एकै खालको समस्या भएको अनुमान गरिएको हो । बोइङले एमकास सिस्टम पहिलो पटक आफ्नो ७३७ म्याक्स ८ मा जडान गरेको हो । उक्त सिस्टमलाई प्रयोगमा ल्याउनुको मुख्य कारण कम फ्यूल कन्जुम हुने र रेन्ज पनि बढ्ने बनाएको हो । जसको लागि बोइङले अझ ठूलो इन्जिन र मेन ल्याण्डिङ गियरको साइज ९ इन्चले बढाएको जनाएको छ । 

बोइङकाअनुसान सन् २०१७ देखि बिक्री सुरु गरेको यो मोडलका विमान जनवरी २०१९सम्ममा ३५० वटा डेलिभरी गरेको जनाएको छ । करिब १ करोड २० लाख डलर मूल्य रहेको उक्त मोडलको ५ हजारभन्दा बढी यूनिट आगामी एक दशकको लागि अडर लिएको जनाएको छ । अब यसको भविष्य के हुन्छ ?


Back_to_top