तयार हुँदै महिन्द्राको स्कर्पियो एन पिकअप, धमाधम सडक परीक्षण

काठमाडौं । महिन्द्राले लाइफ स्टाइल पिकअप सेग्मेन्टमा स्कर्पियो पिकअपको रोड टेस्ट गरिरहेको छ । सिंगल क्याब र डबल क्याब दुवै मोडलमा स्कर्पियो एन पिकअपको रोडटेस्ट गरिरहेको हो ।

स्कर्पियो एन एसयूभीभन्दा पनि ठूलो साइजमा स्कर्पियो एन पिकअप आउने छ । यसको लम्बाइ करिब ५.३ मिटरको हुनेछ भने यसमा अलटेरेन फेसिलीटी समेत हुनेछ ।

परीक्षणमा देखिएको मोडलमा अपराइट फ्रन्ट फेसिया, स्लेटेड ग्रिल डिजाइन, डिस्टिङ्टिभ सेपको हेडल्याम्प र डीआरएल, फ्ल्याट बोनेट, ट्रेडिसनल डोर ह्याण्डल, सार्कफिन एन्टेना तथा स्टील ह्वील देखिएको छ । यसमा देखिएको ह्वील १८ इन्चको देखिएको छ भने यसको टायर अफरोड र रफ टेरेनको लागि उपयुक्त हुनेछ ।

स्कर्पियो एन पिकअप पनि स्कर्पियो एन एसयूको जस्तै ल्याडर फ्रेम टेक्नलोजीको च्यासिस डिजाइन हुनेछ । यसको सस्पेन्सन भने अफरोड पर्फमेन्सको साथै धेरै लोड बोक्ने क्यापासिटीको हुनेछ । स्कर्पियो एन पिकअपमा फोर बाइ फोर अप्सन पक्कै हुनेछ ।

महिन्द्राले स्कर्पियो एन पिकअपमा दुई फरक तरिकाले ट्युन गरिएको २.२ लिटरको डिजल इन्जिन रहनेछ । कम्पनीले यो पिकअपमा अर्को २.० लिटर टर्बो पेट्रोल इन्जिन अप्सन पनि अफर गर्नेछ । स्कर्पियो एन पिकअप ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियर अप्सन रहने छ ।


Back_to_top