काठमाडौं । याडियाको इलेक्ट्रीक स्कुटर खरिदमा ४० हजार रुपैयाँ नगद छुट पाइने भएको छ ।
याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ल्याएको ‘विशेष सीमित स्टक अफर’मा यस्तो छुट पाइने भएको हो ।
कम्पनीका अनुसार यो छुट अफर याडियाको भेलक्स मोडलमा मात्र लागू हुनेछ । यसअघि २ लाख ८५ हजार रुपैयाँमा बिक्री हुँदै याडिया भेलक्स ग्राहकले अब २ लाख ४५ हजार रुपैयाँमै पाउने छन् ।
स्टक सकिएपछि भेलक्स पुनः पहिलेकै मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
याडिया भेलक्समा ३२०० वाटको इलेक्ट्रीक मोटर छ । यसले १७२ न्युटन मिटर टर्क प्रदान गर्छ । यसको टप स्पीड क्षमता प्रतिघण्टा ६२ किलोमिटर रहेको छ ।
यसमा २.१ किलोवाटको लिथियम अइरन फस्पफेट ब्याट्री छ । जसले एकपटको फुलचार्जमा १०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । साथै, उच्च सुरक्षा, थर्मल स्थिरता र लामो ब्याट्री लाइफ साइकल प्रदान गर्ने कम्पनीले जनाएको छ ।
याडिया भेलक्समा १७० एमएमको गउण्ड क्लियरेन्स छ । यसमा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रुज कन्ट्रोल र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्टररियर डिस्क ब्रेक सिस्टम विथ सीबीएस जस्ता फिचर छन् ।
कम्पनीले याडियाले भेलक्सको ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

