काठमाडौं । साझाले ल्याउन लागेको थप २० वटा नयाँ बस अर्को सातासम्म काठमाडौं आइपुग्ने भएको छ । सर्वसाधरको सुविधाको लागि साझाले थप २० वटा नयाँ बस थप गर्न लागेको हो । साझाले ल्याउन लागेका नयाँ ४१ सिटे सो बस असोक लेल्याण्डको हो ।
उक्त बसहरु यूरो ४ मापदण्ड अन्तर्गत रहेको असोक लेल्याण्को नेपालका लागि आधिकारिक विक्रेता आइएमई अटो मोटिभ्सले जनाएको छ । आइएमई अटो मोटिभ्सका डेप्यूटी सीइओ सुरज भट्टराईका अनुसार सो बसहरु भन्सार प्रकृयाको क्रममा रहेको छ ।
उक्त सिटिबस अर्को साता भित्र काठमाडौं आइपुग्ने उनले जानकारी दिए । ‘बस अहिले भन्सार प्रकृयामा रहेको छ, अर्को साताभित्र काठमाडौं आइसक्छ,’ भट्टराइले मेरोअटोसँग भने ।
उक्त बस आएपछि आईएमई अटोमोटिभ्सले बस साझा यातायातलाई हस्तान्त्रण गर्ने छ । साझालाई हस्तान्त्ररण भएपछि टेक्नीकल चेकजाच, दर्ता प्रकृया, रुटपर्मिट पुरा गरेपछि मात्र बस सञ्चालनमा आउने साझाका कामु सीइओ महेन्द्र राज पाण्डेयले जानकारी दिए ।
‘ बस आउनै बाँकी छ, आएपछि सबै प्रकृया पुरा भएपछि मात्र बस सञ्चालनमा आउने छ,’ पाण्डेयले भने ।

