फरासिसको सोलिडस्टेट ब्याट्रीको इनर्जी डेन्सिटी ५०० किलोवाट अवार प्रतिकेजी

काठमाडौं । मर्सिडिज बेन्जको लगानी रहेको फरासिस इनर्जीले सोलिड स्टेट ब्याट्रीको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत सोमबार अमेरिकामा भएको इन्भेस्टर रिलेसन मिटिङमा नयाँ सोलिड स्टेट ब्याट्रीको बारेमा जानकारी दिएको हो ।

फरासिसले बनाएको नयाँ सोलिड स्टेट ब्याट्री सल्फाइड बेसको रहेको छ । सुरूवातको पाइलट प्रोजेक्ट अन्तर्गत ०.२ गिगा वाटआवरको सल्फाइड सोलिड स्टेट ब्याट्रीको उत्पादन यसै वर्षको अन्त्यबाट सुरू हुनेछ ।

कम्पनीले बनाएको पहिलो जेनेरेशनको ब्याट्रीमा हाइनिकेल टर्नरी क्याथोडको साथमा हाइसिलिकन एनोड्सको प्रयोग भएको छ । फरासिसले बनाउने सल्फाइड अल सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सिटी ४०० देखि ५०० किलोवाट आवर प्रतिकेजी हुने बताइएको छ ।

कम्पनीले सन् २०२६ मा लिथियम मेटल एनोड र लिगियम रिच म्याग्नेस बेसका वा हाइ निकेल टर्नरी क्याथोड प्रयोग गरी सेकेण्ड जेनेरेशन ब्याट्री बनाउने योजना बनाएको छ । जसको इनर्जी डेन्सिटी ५०० किलोवाट प्रतिकेजी पुग्ने कम्पनीले दाबी गरकोे छ ।

त्यस्तै, कम्पनीले सन् २०२७ मा ५०० किलोवाट प्रतिकेजीभन्दा धेरै इनर्जी डेन्सीटी भएको सोलिड स्टेट ब्याट्री बनाउने लक्ष्य राखेको छ ।

फरासिसको सेमी सोलिड स्टेट ब्याट्रीको गिगावाट लेभलमा व्यवसायिक प्रयोग सुरू भइसकेको छ । यो ब्याट्रीको मूल्य परम्परागत लिक्विड ब्याट्रीभन्दा ५ देखि १० प्रतिशतले मात्र धेरै रहेको छ ।


Back_to_top