काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन, बेलुन लगायत नउडाउन आग्रह गरेको छ ।
क्यानले विमानस्थल क्षेत्रमा पटक-पटक चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सो कार्य नगर्न सबैमा आग्रह गरेको हो ।
विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेले हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने हुँदा सो कार्य नगर्न आग्रह गरिएको बताए ।
‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।’

