दुई महिनापछि दुरुस्त भयो टाटाको थापाथली शोरुम (फोटोफिचर)

काठमाडौं । जेन-जी आन्दोलको दोस्रो दिन (भदाै २४ गते) आगजानीबाट खरानी बनाइएको टाटाको शोरुम दुरुस्त भएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो फ्ल्यागसिप शोरुम पुनः तयार पारेको हो ।

भदौ २४ गते आएको अराजक गतिविधि गर्नेहरूले टाटाको शोरुममा आगो लगाएका थिए । साथै, शोरुममा रहेको दुई वटा कार पनि झिकेर लगेका थिए । हराएको कार त्रिपुरेश्वर र सामाखुसीमा भेटिएको थियो ।

थापाथली एरियाकै आकर्षक शोरुम जलेपछि सिप्रदीले अस्थायी शोरुम निर्माण गरेर टेन्टमा गाडी राखेर बिक्री गरेको थियो । नेपालीहरूले सबैभन्दा धेरै गाडी किन्ने चाडपर्वको मुखमा कम्पनीले अस्थायी शोरुम मार्फत गाडी बिक्री गरेको थियो ।

पहिलेकै अवस्थामा शोरुम तयार भएसँगै आजबाट संचालनमा ल्याइएको छ । अब टाटाका कुनै पनि प्यासेन्जर कार खरिद गर्ने उपभोक्ताले थापाथली शोरुममा गएर गाडी हेर्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङले विभिन्न रेन्जमा विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने कारहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग टियागो ईभी, टिगोर ईभी, नेक्सन केथ्री ईभी, पन्च ईभी र कर्भ ईभी उपलब्ध छन् । साथै, पेट्रोलियम पदार्थबाट चल्ने ह्यारीयर (एच फाइभ) र सफारी एसयूभी पनि बिक्री गर्दै आएको छ ।


Back_to_top