छोटो कपडा लगाएको भन्दै २१ वर्षिय युवतीलाई जहाजबाट ओर्लन भनेपछि…

बेलायतको बर्मिघममा २१ वर्षिया यात्रीलाई ब्रिटिश एयरलाइन्सका क्रुमेम्बरले उनको कपडाको कारण फ्लाइटबाट ओर्लन धम्की दिएको समाचार आएको छ । ती यात्रीले ‘क्रप टप’ लगाएकी थिइन् । फ्लाइटमा बसेपछि क्रुमेम्बरले महिला यात्रीलाई भने ‘कपडा फेर्नुस्, नत्र फ्लाइटबाट उत्रिनुस् ।’ 

घटनापछि पिडित महिलाले टुईटरमा एउटा पोस्ट गरिन् । त्यसपछि विरोध भयो र एयरलाइन्सले महिला यात्रीसँग माफिमाग्नु पर्यो । 

२१ वर्षिया एमिली ओ कर्नर बर्मिघमबाट स्पेनको आइल्याड जान लागेकी थिइन् । एमिलीले आफ्नो पोस्टमा लेखेकी छन् ‘यो मेरो जिवनको सबैभन्दा ठूलो लिंग भेदी, गलत र लजास्पत अनुभव हो । मैले अर्को सहयात्रीहरुसँग सोधे कि उनीहरुलाई मेरो कपडाले समस्या छ ? ति मध्य एक जनाले क्रपटप माथि एउटा ज्याकेट लगाउन सल्लाह दिए । जब सहयात्रीले मसँग यस्तो व्यवहार गरे त्यतिबेला स्टाफ पनि उभिरहेको थियो । तर, कसैले मेरो साथ दिएन, क्रुर मेम्बरको व्यवहार देखेर मेरो बहिनीले मलाई ज्याकेट दिइन् ।’

एमिलीले भनिन् ‘जबसम्म मैले ज्याकेट लगाइन तबसम्म स्टाफ त्यहीँ उभिरहेको थियो । यति मात्र हैन म भन्दा २ सिट पछाडि बसिरहेका एक यात्रीले सर्ट, पेन्ट र एउटा कमिज लगाएको थियो तर, त्यो स्टाफले उसलाई केही भनेन । यस्तो भेदभाव मैले पहिलो पटक देखेकी थिए ।’

एयरलाइनले भन्यो– स्टाफले राम्रोसँग व्यवहार गर्नु पर्छ 

थमस कुक एयरलाइन्सले मंगलबारको घटना प्रति माफी मागेको छ । एयरलाइन्सले भनेको छ ‘सामान्यतया यात्रुहरुका लागि एक उपयुक्त पोशाक नीति हुन्छ । एमिलीले भोगेको यस्तो समस्या हेर्दा फ्लाइटको स्टाफले राम्रो व्यवहार गर्नुपर्ने देखिन्छ ।’


Back_to_top