नेपालमा ल्याण्डरोभरको रहर पुरा गर्ला टाटा ह्यारीयरले, मूल्य कति ?

काठमाडौं । वेलायती अटोमोवाइल कम्पनी ल्याण्डरोभरको आर्किटेक्चरमा इटालीयन कम्पनी फियाटको पावरफुल इन्जिन राखेर भारतीय कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नयाँ एसयूभी टाटा ह्यारीयर नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

डिजाइन कोड नेम ‘एचफाइभएक्स’ रहेको यो एसयूभी तीन महिना अगाडि ह्यारीयरको नामबाट भारतीय बजारमा सार्वजनिक भएको थियो । टाटा ह्यारीयरको कन्सेप्ट भने कम्पनीले सन् २०१५ मानै तयार पारेको थियो । 

ह्यारियर वेलायती कम्पनी ज्यागुवार ल्याण्डरोभरको डिएट प्ल्याटफर्म (ओमेगा आर्क)मा बनेको हो ।  यो प्ल्याटफर्ममा बनेका रेन्जरोभरको इभोग, ल्याण्डरोभर डिस्कभरीे स्पोर्टस तथा जागुवारको इपेस जस्ता एसयूभीहरु विश्वभर १० लाख यूनिट बिक्री भएका छन् । यसको लन्चसँगै भारतीय बजारमा धेरै कम्पनीको व्यवसाय खोसिने पक्का भएको छ । 

सुरुवाति दिनमा टाटा मोटर्सले ह्यारीयरको परिकल्पना गर्दा ल्याण्डरोभर डिस्कभरीको प्ल्याटफर्ममा टाटाको लोगो मात्र लगाउने कि भन्ने सोच राखेको थियो तर डिस्कभरीको ओजन ज्यादै धेरै हुने भएकोले टाटा मोटर्सले डिस्कभरीकै वेसमा आफ्नै नयाँ एसयूभी ह्यारियरको निर्माण गरेको हो । 

यसमा ल्याण्डरोभरको सबै उत्कुष्ट फिचरहरुको प्रयोग गरिएको छ । प्रुभन ल्याण्डरोभरको डिजाइन कन्सेप्ट प्रयोग गरेर टाटा मोटर्सले उत्कुष्ट एसयूभी मात्र ल्याएको छैन । अझ ठूलो रिसर्च र डेभलपमेन्ट कस्ट घटाएर प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउन सफल भएको छ । 

टाटा मोटर्सका डिजाईन हेड प्रताप बोसका अनुसार टाटा मोटर्सले आफ्नो कन्सेप्ट डिजाईनसँग तुलनागर्दा फाइनल प्रडक्ट ८० देखि ८५ प्रतिसतसम्म मिल्ने गरि बनाउन सफल भएको छ । 

केही वर्षदेखि टाटाका कारहरुको डिजाइनमा परिवर्तन आइरहेका छन्, जसको भित्री रहस्य आफ्ना तीनवटै अन्तर्राष्ट्रिय डिजाइन स्टुडियो (पुने भारत, टुरिन इटाली, कोभेन्ट्री वेलायत) का डिजाइनिङ्ग एक्जुकेटिभ टिम कम्तीमा महिनाको एक पटक भेट्ने र नयाँ डिजाईनका बारेमा छलफल गर्नु रहेको छ । 

बोसका अनुसार यो डिजाइन टिमले अटोमोटिभ इन्डष्ट्रिका बारेमा मात्र नभई पूरै समाजको अध्ययन गर्ने गर्छ । जसले वर्षमा दुई पटक विश्वभर डिजाइन सफारीमा निस्कने गर्छ । हालै मात्र यो टिमले लण्डन, मूम्वई, म्युनीख, बर्लिन जस्ता स्थानमा भ्रमण गरेर कार बाहेकका अन्य सामाजिक पक्षको अवलोकन गरेको थियो । 

केही समय पहिले टाटाले लण्डनमा संयुक्त कार्यालय खोलेको थियो जहाँबाट सेयर्ड मोविलीटी तथा फ्युचर डिजाइनका बारेमा सोच्ने गरिएको छ । 

टाटा मोटर्सको कम्प्याक एसयूभी नेक्सन तथा ठूलो एसयूभी हेग्जाको बीच साईजको रुपमा यो एसयूभी नेपाली बजारमा टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदि ट्रेडिङ्गले जेठको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

यस्तोमा ल्यान्डरोभर किन्न नसक्ने तर, त्यही डिजाइन, फिचर र प्रिमियमनेश मनपराउनेहरुको रोजाइमा यसले स्थान बनाउने अपेक्षा सिप्रदीले लिएको हुन सक्छ । यस्तोमा यसको मूल्य नेपाली बजारमा कति पर्ला भन्ने कौतुहलता हुनु स्वभाविक हो । 

हाम्रो अनुमान अनुसार टाटाको यो एसयूभी नेपाली बजारमा सुरुवाति मूल्य ६० लाख रुपैयाँदेखि टप भेरियन्टको मूल्य ८० लाखसम्म पर्ने छ । 


Back_to_top