नयाँ पेट्रोल इन्जिनमा आयो टाटा ह्यारियर र सफारी एसयूभी

काठमाडौं । टाटा मोटर्सले आफ्ना फ्ल्यागशिप एसयूभीहरू टाटा ह्यारियर र सफारी नयाँ पेट्रोल इन्जिनमा बजारमा ल्याएको छ ।

टाटाले यसअघि डिजेल इन्जिनमा उपलब्ध दुवै एसयूभीलाई पेट्रोल भर्सनमा पनि बजारमा उतारेको हो ।

कम्पनीले ह्यारीयर सन् २०१९ र सफारी २०२१ मा डिजेल इन्जिनमा ल्याएको थियो । कम्पनीले अहिले दुवै एसयूभी १.५ लिटरको टर्बो पेट्रोल हाइपरियोन इन्जिनका साथ लन्च गरेको हो ।

टाटा मोटर्सले केही दिन अघि मात्रै यही इन्जिनमा मिडसाइज एसयूभी सियरा लन्च गरेको थियोे ।

टाटाको नयाँ ह्यारियर र सफारीमा दिएको टर्बो चान्र्ड पेट्रोल इन्जिनले १७० पीएस पावर र २८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ६ स्पीडको म्यानुअल र ६ स्पीडको अटोमेटिक गियर अप्सन रहको छ ।

यसअघिको २.० लिटरको डिजल इन्जिनको पावर १७० पीएस नै रहेको थियो भने टर्क भने ३५० न्युटन मिटर रहेको थियो ।

टाटाले पेट्रोल इन्जिनसँगै ह्यारियर र सफारीमा नयाँ अकम्प्लीस्ड अल्ट्रा भेरियन्ट समेत लन्च गरेको छ । नयाँ भेरियन्टमा १४.५ इन्चको सिनेम्याटिक इन्फोटेन्मेन्ट स्क्रीन, हर्मनको डल्बी एट्मस साउण्ड सिस्टम, ६५ वाटको टाइप सी यूएसबी फास्ट चार्जर, डिजीटल आईआरभीएम, बिल्टइन ड्यासक्याम लगायत प्रिमियम फिचर दिएको छ ।

टाटाको पेट्रोल एसयूभीमा नयाँ कलरको इन्टेरियर थिम, १९ इन्चको अलोयह्वील र २२ सुरक्षा फिचर सहितको लेभल २ प्लस एडास फिचर समेत रहेको छ ।


Back_to_top