हुन्डाईको ‘विन्टर डिलाइट’ अफर, कारमा ५ लाखसम्म छुट पाइने

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सुरू गरेको छ।

कम्पनीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आकर्षक छुट तथा विशेष सुविधासहितको अफर ल्याएको हो ।

आजदेखि सुरू भएको यो अफरमा हुन्डाईका सवारी खरिद गर्ने ग्राहकले ५ लाख रुपैयाँसम्म नगद छुट र छानिएको मोडलहरूमा १ लाखसम्मको नयाँ वर्ष बोनस पाउने छन् । साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको सुविधा पाउने छन् ।

हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाइन्छ । यसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।

सीमित अवधिसम्म संचालन हुने यो अफर हुन्डाईका देशभरका शोरुमहरुमा लागू हुनेछ ।


Back_to_top