पिकनिकबाट फर्किँदै गरेको बस साँखुमा दुर्घटना

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-३ स्थित फेदी जंगलमा पिकनिकबाट फर्किंदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

बुधबार साँझ जहरसिंहपौवाबाट साँखुतर्फ आउँदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब १०० मिटर तल खसेर रुखमा अड्किएको थियो । उक्त बसमा ३५ देखि ४० जना सवार थिए ।

दुर्घटनामा डेढ दर्जन बढी घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


Back_to_top