काठमाडौं । नयाँ बजाज पल्सर २२० आइतबार (माघ ११ गते)देखि बिक्री सुरू हुने भएको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले माघ ११ गतेदेखि भृकुटिमण्डपमा सुरू हुने एक्सचेन्ज मेलामा अपडेटेड २२० भर्सनको बिक्री सुरू गर्ने भएको हो ।
कम्पनीले अपडेटेड पल्सर २२० को मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकेर बिक्री सुरू गर्ने भएको हो । कम्पनीले नयाँ पल्सरमा आधारदर्जन बढी फिचर थपेसँगै मूल्य पनि २० हजार रुपैयाँ बढाउने भएको हो ।
हाल बिक्री भइरहेको बजार पल्सर २२० काे मूल्य ४ लाख २० हजार रुपैयाँ छ ।
एलईडी हेडलाइट
पल्सर २२० एफमा कम्पनीले पहिलो पटक एलईडी हेडलाइट दिइएको हो । यसमा साइड इण्डिकेटर्स पनि स्ट्याण्डर्ड नयाँ एलईडी छ । यो एलईडी लाइटले रातिको अँध्यारोमा राम्रो भिजिबलिटी प्रदान गर्छ ।

डबल च्यानल एबीएस
कम्पनीले नयाँ २२० एफमा राइडरको सुरक्षालाई ख्याल गर्दै पहिलो पटक डबल च्यानल एबीएस सिस्टम दिएको छ । यस अघि मोटरसाइकलमा सिंगल च्यानल एबीएस मात्रै थियो । यसमा दिइएको डबल च्यानल एबीएसले अगाडि र पछाडिकै ब्रेकिङ सिस्टमलाई अझै धेरै मजबुत बनाएको छ ।
नयाँ ग्रफिक्स र कलर अप्सन
यो मोटरसाइकलमा नयाँ ग्राफिक्स डिजाइनका साथै नयाँ कलर अप्सन पनि थपिएको छ । नयाँ कलर र ग्राफिक्सले मोटरसाइकलको ओभरअल लुक्स निकै स्टाइलिस डिजाइनको देखिन्छ ।

ब्लूटुथ कनेक्टिभिटी र डिजिटल कन्सोल
बजाजले नयाँ २२० एफलाई पूरा डिजिटल कन्सोलमा अपडेट गरेको छ । यसमा ब्लूटुथ कनेक्टिभिटी सिस्टम, स्प्लीट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट र ट्रिप कम्प्युटर जस्ता डिजिटल सुविधा पाइन्छन् ।
यसका अलावा २२० एफमा इन्जिन सेटअप पनि नयाँ पाउन सकिन्छ । कम्पनीले यसलाई सिंगल सिलिण्डर, आयल कुल्ड, डीटीएस-आइ, ट्वीन स्पार्क, फ्युल इन्जेक्टेड, बीएस ६ ओबीडी फेजटु कम्प्लाइन्टको इन्जिनमा अपडेट गरेको छ । यसले अधिकतम २०.४ पीएस पावर तथा १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।

