एसटीसी बन्यो एम्पेयर इलेक्ट्रीक स्कुटरको नयाँ बिक्रेता, देशभर माग्यो डिलर

काठमाडौं । एम्पेयर इलेक्ट्रीक स्कुटरको नेपालमा नयाँ डिलर नियुक्त भएको छ । एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो शोलुसन प्रालिले एम्पेयरको डिलरशिप पाएको हो ।

यसअघि एम्पेयरका इलेक्ट्रीक स्कुटर केडिया अर्गनाइजेशनले नेपालमा बिक्री वितरण गर्दै आएको थियो ।

भारतीय इलेक्ट्रीक स्कुटर उत्पादक कम्पनी ग्रेभ्सको उत्पादन एम्पेयर ब्राण्डको आधिकारिक बिक्रेता लिएसँगै कम्पनीले नेपालका विभिन्न सहरमा डिलर माग गरेको छ ।

कम्पनीले देशका मुख्य सहरहरूमा आफ्नो बिक्री पहुँच गर्न र सर्भिस तथा पार्टस्को उपलब्धता विस्ताका लागि डिलर माग गरेको हो ।

एम्पेयरले दैनिक प्रयोगका लागि किफायती र व्यवहारिक स्कुटरहरू उत्पादन गर्दै आएको छ । एम्पेयरको लाइनअपमा नेक्सस र म्याग्नस जस्ता स्कुटर उपलब्ध छन् ।

एसटीसी अटो शोलुसनले काठमाडौंको रवि भवनमा आफ्नो शोरुम संचालनमा ल्याएको छ । एसटीसी ग्रुपले नेपालमा सीएट टायर तथा लिथियम आयोन ब्याट्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।


Back_to_top