काठमाडौं । नेपालमा मोर्बिडेलीका मोटरसाइकल सार्वजनिक भएको छ । वैद्य ग्रुपले बिहीबारदेखि मोर्बिडेलीका ५ मोडलका मोटरसाइकल बिक्री सुरू गरेको हो ।
कम्पनीले नेपाली बजारमा मोर्बिडेलीका २५० सीसीदेखि १००० सीसीसम्मका मोटरसाइकल बिक्री थालेको हो । यी मोटरसाइकलहरूको मूल्य पौने १० लाखदेखि ४५ लाख रुपैयाँसम्म हरेको छ ।
कम्पनीका अनुसार मोर्बिडेलीको सबैभन्दा सस्तो मोटरसाइकल सी २५२ भी रहेको छ । यसको मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, कम्पनीले ३५० सीसी सेग्मेन्टका दुई मोटरसाइकल एफ ३५२ र टी ३५२ एक्सको मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तोकेको छ ।
त्यसैगरी, मोर्बिडेली टी ५०२ एक्सको मूल्य १३ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको सबैभन्दा महँगो मोटरसाइकल टी १००२ भीएक्स रहेको छ । यसको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरूम संचालनमा ल्याएको छ । जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्नेछन्।
ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तीनकुनेमा सर्भिस सेन्टर संचलनमा ल्याएको छ । निकट भविष्यमा उत्तरढोकामा नयाँ सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।

