काठमाडौं । प्रिमियम मोटरसाइकल सेग्मेन्टमा स्टाइल र क्यारेक्टरको लागि निकै चर्चित मानिने ब्राण्ड रोयल इनफिल्डले आफ्नो नयाँ मोडल गोअन क्लासिक ३५० नेपाली बजारमा ल्याएको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ गत महिनादेखि यो नयाँ मोटरसाइकल बिक्री सुरू गरेको हो ।
कम्पनीले यो मोटरसाइकल फिचर अन्य प्रर्तिस्पर्धीको तुलनामा सस्तो मूल्यमै ल्याएपछि यसको चर्चा बढेको छ । साथै आकर्षक बबर क्रुजर स्टाइल, लो स्लङ डिजाइन र युनिक रोड प्रिजेन्टका कारण यो मोटरसाइकलले अहिले धेरै राइडरको ध्यान केन्द्रित गरिरहेको छ ।
रोयल इनफिल्डको यो मोडल विशेषगरी आफ्नो छुट्टै क्रुजर पहिचान बनाउन चाहने राइडरहरूलाई लक्षित गर्दै ल्याइएको मोटरसाइकल हो । जसले परम्परागत क्लासिक डिजाइनलाई आधुनिक टचसँग जोडेको छ ।
यहाँ हामीले गोअन क्लासिक ३५० किन्नु अघि थाहा पाउनुपर्ने यसका ५ पक्ष बारे चर्चा गरेका छौं ।
डिजाइन
गोअन आकर्षक बबर स्टाइल फोकस डिजाइनमा छ । मोटरसाइकललाई यसको लो सिट हाइट, स्टाइलिस लुक, एक्स्ट्रा कलर टोन र अग्लो चप्पर किसिमको ह्याण्डलबारले छुट्टै पहिचान दिएको छ ।
केही राइडरहरूलाई यो दैनिक प्रयोगका लागि क्लासिक ३५० जति सजिलो र प्राक्टिकल नहुन पनि सक्छ । तर क्रुजर सेग्मेन्ट रुचाउनेलाई भने निकै उपयोगी हुन्छ ।
राइडिङ र पिलियन कम्फर्ट
लो स्लङ सिट र अपराइट पोस्चर भए पनि ह्याण्डलबार र सस्पेन्सन सेटअपका कारण लामो राइड गर्न सबैका लागि उपयुक्त नहुन सक्छ ।
यो मोटरसाइकल मुख्यगरि सिंगल राइडर फोकसमा बनाइएको छ । त्यसैले दुई जना राइड गर्नुपर्दा अलि सहज नहुने देखिन्छ ।
सेफ्टी फिचर्स
यसमा डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस स्पोक ह्वील, एड्जस्टेबल गियर र ब्रेक लिभर, सेमि डिजिटल कन्सोल, एलईडी लाइट लगायत सुरक्षा फिचरहरू छन् । राइडरलाई सहज, सुरक्षित र आरामदायी प्रदान गर्ने बेसिक सेफ्टी राम्रो छ । तर एड्भान्स इलेक्ट्रोनिक्स भने समावेस छैन ।

इन्जिन
गोअनमा ३४९ सीसीको जे–सिरिज प्लेटफर्ममा निर्माण भएको एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिनलाई बबर स्टाइल अनुरूप स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा टयुन गरिएको छ । जसले स्मुथ र रिल्याक्स्ड राइडिङ अनुभव दिन्छ । हाई स्पीड भन्दा क्रुजिङका लागि उपयुक्त ।
मूल्य
यसको सबैभन्दा राम्रो पक्ष भनेको मूल्य हो । ३५० सीसी सेग्मेन्टमा भए पनि यो मोटरसाइकलको मूल्य तुलनात्मक रूपमा धेरै कम रहेको छ । नेपालमा रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ हो ।

कम्पनीले गोअन क्लासिकलाई चार कलर अप्सनमा नेपाली बजारमा उपलब्ध गराएको छ । जसको मूल्य शार्क ब्ल्याक र पर्पल हेजको ५ लाख ९८ हजार रुपैयाँ, ट्रिप टिल र रेभ रेडको ६ लाख २ हजार रुपैयाँ निर्धारण गरेको छ । गोअन क्लासिक ३५० नेपालमै एसेम्बल भएको हुनाले कम मूल्यमै आएको हो ।
दैनिक प्रयोगभन्दा बढी लाइफस्टाइल ओरियन्टेड मेसिनका रूपमा यो मोटरसाइकललाई डिजाइन गरिएको छ । यसलाई आफ्नो आवश्यक्ताभन्दा पनि क्रुजर लाइफस्टाइलका लागि छनोट गर्न सकिन्छ ।

