काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाई मोटर्स ग्रुपले आफ्ना गाडीको लागि नयाँ ‘प्लेओस कनेक्ट इन्फोटेन्टमेन्ट सिस्टम’ दिने भएको छ ।
अर्को महिनाबाट प्रयोगमा ल्याउन लागिएको ‘प्लेओस कनेक्ट इन्फोटेन्टमेन्ट सिस्टम’लाई हुन्डाई, किया र जेनिसिस ब्राण्डका सबै कारमा प्रयोग गर्ने कम्पनीले जनाएको छ । सन् २०३० सम्ममा २ करोड युनिट कारमा ‘प्लेओस कनेक्ट इन्फोटेन्टमेन्ट सिस्टम’ दिने लक्ष्य कम्पनीले राखेको छ ।
अहिले पनि निकै एड्भान्स इन्फोटेन्टमेन्ट सिस्टम प्रयोग गर्दै आएको हुन्डाई ग्रुपले नयाँ ‘प्लेओस कनेक्ट इन्फोटेन्टमेन्ट सिस्टम’को प्रयोगबाट पुराना कमजोरी पूर्णरुपमा हटाएको जनाइएको छ । नयाँ प्लेओस कनेक्टमा स्क्रीन, बटन र एआईको उच्चतम प्रयोग गरेको छ ।
प्लेओस कनेक्टलाई तीन खण्डमा विभाजन गरिएको छ । जसमा एड्भान्स ड्राइभर एसिस्ट (एडास), नेभिगेसन र मल्टीमिडिया छन् । कम्पनीले नयाँ इन्फोटेन्टमेन्ट सिस्टममा इनब्यूल्ट युटुब, स्पोर्टीफाई दिएर ल्याउने छ ।
नयाँ ‘प्लेओस कनेक्ट इन्फोटेन्टमेन्ट सिस्टम’लाई आयोनीक थ्री ह्याचव्याक कार मार्फत युरोपबाट बिक्री थाल्ने रिपोर्टहरु सार्वजनिक भएका छन् ।


