काडमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउन एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा एयरलाइन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।
सन् १९९८ मा स्थापित यती एयरलाइन्सले देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यमा नियमित उडान संचालन गर्दै आएको छ । एयरलाइन्सका हाल ७ वटा ‘एटीआर ७२’ जहाजहरू संचालनमा छन् ।
कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै आएको समेत बताएको छ ।


