बीवाइडीको ‘फास्ट चार्जिङ’ सपोर्ट गर्ने ब्याट्रीको माग उच्च

काठमाडौं । चिनियाँ अटोमोबाइल जायन्ट बीवाइडीले १५०० किलोवाटको चार्जर सपोर्ट गर्ने मोडल उत्पादन थालेसँगै ब्याट्री उत्पादनमा केही समस्या झेल्नु परेको जनाएको छ ।

बीवाइडीका चेयरम्यान वाङ चुआनफुले ब्याट्री आपूर्तिमा समस्या आइरहेको बताएका छन् । उनले भने, ‘अल्ट्रा फास्ट चार्जिङ सपोर्ट गर्ने डाइनेस्टी, ओसियन, डेन्जा र याङवाङ ब्राण्डका गाडीमा उच्च माग आएसँगै ब्याट्री सप्लाइमा समस्या भएको हो ।’

अध्यक्ष वाङले मे १५ तारिखमा आयोजना भएको २०२६ याङवाङ बिजनेस रिसर्च इन्स्टिच्युट सम्मेलनमा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् । उनका अनुसार आफ्नो ब्याट्री उत्पादन क्षमता बलियो भए पनि अन्य क्षेत्रबाट आएको उच्च मागका कारण सप्लाइमा केही कठिनाइ देखिएको हो ।

बीवाइडीले नयाँ जेनेरेसन ब्लेड ब्याट्री उत्पादन थालेसँगै अल्ट्रा फास्ट चार्जिङ प्रयोग गर्न थालेको हो । कम्पनीले आफैं बनाएको डिसुस-पी नामक सस्पेन्सन प्रविधि रहेको डेन्जा डी-५ र बी-८ सँगै एटो-३ पनि फ्यास चार्जिङ सपोर्ट गर्नेगरी आउन लागेको कारण बजारमा अल्ट्रा फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्रीको माग हुँदै गएको हो ।

अहिले बीवाइडीले उत्पादन गर्ने फास्ट चार्जिङ सपोर्ट गर्ने गाडीहरूको बुकिङ १ लाख ४० हजार युनिट नाघेको बताइन्छ । त्यसैले कम्पनीले फ्ल्यास चार्जिङ नेटवर्क विस्तार पनि तीव्र गतिमा गर्दै आएको छ । गत साता कम्पनीले ५५ स्थानमा फास्ट चार्जिङ तयार गर्यो । योसँगै बीवाइडीसँग १५०० किलोवाटको चार्जिङ स्टेशनको संख्या ३१२ सहरमा ५ हजार ९७९ युगेको छ । यसको एप प्रयोगकर्ता १० लाख नाघेको बताइएको छ ।


Back_to_top