मेरोअटोद्धारा शैक्षिक र उद्धार सामग्री प्रदान

काठमाडौं । मेरोअटो डटकम (अटोमोटिभ्स प्रालि)ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक र प्रहरीलाई उद्धार समाग्री प्रदान गरेको छ ।

शुक्रबार मेरोअटो मोटरर्याली २०२६ को अवसरमा नुवाकोटको तारकेश्वर-२ स्थित श्री गणेशमान सिंह स्मृति आधारभूत विद्यालय र जिल्ला प्रहरी कार्यालय, तनहुँलाई उक्त सामाग्री दिएको हो ।

मेरोअटोले विद्यालयलाई कम्प्युटर, प्रिन्टर र विद्यार्थीहरुलाई झोला, कापिकलम लगायत शैक्षिक सामग्री प्रदान गरेका हो । मेरोअटोका प्रधान सम्पादक सागर गजुरेल, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीसहितको टिमले उक्त सामग्री वडाध्यक्ष शिव पनेरुलाई हस्तान्तरण गरे ।

त्यस्तै, प्रहरी कार्यालयलाई दुई थान स्ट्रेचर सहयोग गरेको हो । उक्त सामग्री नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल, प्रधान सम्पादक गजुरेलले कार्यालयका प्रहरी निरीक्षक शिवप्रसाद पाठकलाई हस्तान्तरण गरे ।

मेरोअटोका प्रबन्ध निर्देशक हरि गजुरेलले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक र उद्धार सामग्री प्रदान गरिएको बताए ।

‘मेरोअटोको वार्षिकोत्सवको अवसरमा हामीले वर्षेनी मोटरर्याली आयोजना गर्दै आएका छौं । यसले आन्तरिक पर्यटन प्रबद्र्धन, ड्राइभ टुरिजम कल्चर स्थापितसँगै व्यवसायिक नेटवर्किङ विस्तार गर्दै आएको छ,’ उनले भने, ‘सँगसँगै हामीले सामाजिक कामलाई पनि अघि बढाएका छौं । सोहीक्रममा नुवाकोटको विद्यालयलाई शैक्षिक र प्रहरी कार्यालयलाई उद्धार सामग्री दिएका हौं । यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन्छौं ।’

काठमाडौंको दरवारमार्गबाट सुरू भएको मोटरर्याली कलंकी-नागढुंगा-गल्छी-मुग्लिन-आँबुखैरेनी-दमौली हुँदै पोखरा लेकसाइड पुगेर सम्पन्न भएको थियो ।

उक्र्त र्‍यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी भएका थिए र्। र्‍यालीमा अटोमोबाइल, लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स,  इन्स्योरेन्स, मिडिया लगायत क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।

मेरोअटो मोटर्र र्‍याली २०२६ को मुख्य प्रायोजक टोटल इनर्जी रहेको थियो । इन एसोसिएसन विथ महिन्द्रा (अग्नि इन्कर्पोरेटेड) रहेर्को र्‍यालीको पर्फमेन्स पार्टनर सियट टायर थियो ।

र्‍यालीको सपोटेड बाइमा ओमोडा/जेको, आइकार, निसान, लीपमोटर, एमजी नेपाल, लक्ष्मी हुन्डाई, जिली र म्याक्सस रहेका थिए ।

त्यस्तै, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, डेस्टिनेसन पार्टनर इलाइट मोटर, फ्यागअफ स्पट पार्टनर चार्लिज क्याफे, स्पीड पार्टनर गभर्नर ह्वीस्की र चिलिङ पार्टनर यती ब्रुअरी रहेको थिए ।

मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्‍याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणर्को र्‍याली सन् २०२१ को काठमाडौं-सुकुटेसम्म भएको थियो ।

त्यस्तै, दोस्रो संस्करणको काठमाडौंमूलकोट, तेस्रो काठमाडौं-त्रिशूली, चौथौं काठमाडौं-सौराहा र पाँचौं काठमाडौं-सुकुटे भएको थियो ।


Back_to_top