भारतमा प्यासेन्जर कार बिक्रीमा उच्च गिरावट, कुन कम्पनीको कति घट्यो

भारतमा २०१९ मेमा प्यासेन्जर कारको बिक्री उल्लेख्य रुपमा गिरावट आएको छ । महिन्द्राको कार बिक्री बढेको छ भने हुन्डाईको निर्यात समेत जोड्दा बिक्री बढेको देखिन्छ । तर हुन्डाईको पनि भारतीय बजारको बिक्री भने गत वर्षको मेको तुलनामा घटेको छ । 

भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीले ०१९ मेमा ०१८ को तुलनामा २४ प्रतिशतले कमीआई १ लाख २१ हजार १८ वटा कार बिक्री गरेको छ । ०१८ को मेमा मारुतीले १ लाख ६१ हजार ४९७ कार बिक्री गरेको थियो । 

हुन्डाईले भारतमा मेमा ४२ हजार ५ सय २ वटा कार बिक्री गरेको छ । २०१८ को मेमा कम्पनीले ४५ हजार ८ वटा कार बिक्री गरेको थियो । त्यस्तै टप टेन सूचीमा तेस्रो स्थानमा महिन्द्रा रहेको छ । महिन्द्राले १० मेमा १९ हजार ५ सय ४१ वटा कार बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ हजार ३ सय ७८ कार बिक्री गरेको थियो । यो सूचीमा महिन्द्राको मात्र बिक्री वृद्धि सकारात्मक देखिएको छ । 

चौथो स्थानमा टायोटा रहेको छ । ०१८ मेमा १३ हजार १ सय १३ वटा कार बिक्री गरेको टोयोटाले यो वर्षको मेमा १२ हजार १ सय ३८ कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । पाँचौ स्थानमा रहेको होन्डाले ०१८ मा १५ हजार ८ सय ८५ कार बिक्री गरेकोमा यो वर्ष घटेर ११ हजार ४ सय ४२ वटामा सीमित भएको छ । 

टाटाको कार बिक्री अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी आउँदा कम्पनी छैटौं स्थानमा पुगेको छ । टाटाले ०१८ को मेमा १७ हजार ४ सय ८९ वटा कार बिक्री गरेकोमा यो वर्ष घटेर १० हजार ९ सयमा सीमित भएको छ । टाटा पछि सातौं स्थानमा रहेको फोर्डले ०१९ को मेमा ६ हजार ३ सय ६१ वटा कार बिक्री गरेको छ । जबकी कम्पनीले गत वर्षको सोही अवधिमा ९ हजार ६९ वटा कार बेचेको थियो । 

आठौं स्थानमा रहेको रेनोले ०१९ मेमा ५ हजार ९ सय ४९ र नवौं स्थानमा रहेको फक्सवागनले २ हजार ६ सय ८५ वटा कार बिक्री गरेका छन् । यी दुई कम्पनीले गत वर्षको सोही अवधिमा क्रमशः ६ हजार ७ सय ३२ र ३ हजार १ सय ८ वटा कार बिक्री गरेका थिए । 

निसानको कार बिक्रीमा उच्च गिरावट देखिएको छ । ०१८ को मेको तुलनामा ०१९ मेमा निसान र ड्याटसनको कार बिक्री ४७.९ प्रतिशतले घटेर १ हजार ८ सय ५८ मा सीमित भएको छ । गत वर्षको मेमा निसानले ३ हजार ५ सय ६९ वटा कार भारतीय बजारमा बिक्री गरेको थियो । 


Back_to_top