एथरका स्कुटरमा पाइने भयो ‘भ्वाइस कमाण्ड’ सुविधा

काठमाडौं । एथरका स्कुटहरुमा ‘भ्वाइस कमान्ड’ सेवा सुरू हुने भएको छ । एथरको ‘जेनेरेसन थर्ड’ हार्डवयर भएका मोडलहरुबाट भ्वाइस कमान्ड प्रयोग गर्न सकिने भएको हो ।

एथर इनर्जीका सीईओ तरुन मेहेताले आफ्नो सोसल मिडिया ह्यान्डलबाट ‘भ्वाइन अन एथर’ फिचर थप भएको घोषणा गरेका हुन् ।

कम्पनीले एथरमा भ्वाइस कमान्ड फिचर ल्याउने घोषणा एथर कम्युनिटी डे २०२५ मै गरेको थियो । झण्डै एक वर्षपछि यसको प्रयोग थाल्ने जानकारी कम्पनीका सीईओले दिएका हुन् ।

अब भने एथर ४५० को टप भेरियन्ट र रिज्टाको टप भेरियन्ट प्रयोगकर्ताले भ्वाइस कमान्ड फिरचको प्रयोग गर्न सक्ने छन् । एथर ४५० एस र रिज्टा एसमा भने यो फिचर उपलब्ध छैन ।

भ्वाइस कमाण्ड फिचर थप भएसँगै चालकले एथरको ‘हलो हेलमेट’ वा अन्य कुनै थर्ड पार्टी ब्लुटथ हेडसेटको प्रयोग गरेर पनि भ्वाइस कमान्ड प्रयोग गर्न सक्नेछन् ।

भ्वाइस कमाण्डको प्रयोगबाट चालकले नेभिगेशन, भेहिकल सेटिङ, कल नोटिफिकेसन र मिडिया कन्ट्रोल कमान्ड दिन सक्ने छन् । यसअघि कारमा ब्यापक प्रयोग भएको भ्वाइस कमाण्ड फिचर अब एथले आफ्नो मास मार्केट स्कुटरमै प्रयोग गर्ने भएको हो ।


Back_to_top