हिरो प्रि-मनसुन क्याम्प सुरू हुँदै, ५०% सम्म छुट पाइने

काठमाडौं । दुईपाँग्रे सवारी निर्माता हिरो मोटोकर्प नेपालले आफ्ना ग्राहकका लागि ‘हिरो प्रि-मनसुन क्याम्प’ संचालनमा ल्याउने भएको छ ।

नेपालमा हिरोको आधिकारिक वितरक कम्पनी सीजी मोटर्सले यही असार १० देखि १६ गतेसम्म देशभरका हिरोको आधिकारिक शोरुमहरूमा विशेष सर्भिस अफर उपलब्ध गराउने भएको हो ।

कम्पनीले मनसुन मौसमलाई लक्षित गर्दै संचालन गर्न लागेको यस क्याम्प अन्तर्गत ग्राहकहरूले विभिन्न सर्भिस सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । क्याम्प अवधिभर ग्राहकले लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पार्ट्स, इन्जिन आयलमा १० प्रतिशत छुट र इन्जेक्टर क्लिनिङ सेवामा ५० प्रतिशत छुट पाउने छन् ।

त्यसैगरी, ग्राहकहरूलाई निःशुल्क बाइक वास सुविधा र निःशुल्क हेल्थ चेकअप सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यसका अलावा कम्पनीले पोखरालाई लक्षित गर्दै पोखराको अमर सिंह ग्राउण्डमा छुट्टै ‘हिरो महा मेला सर्भिस एण्ड एक्सचेन्ज पोखरा’ पनि भोलिबाट संचालनमा ल्याउने भएको छ । एक्सचेन्ज गर्ने ग्राहकलाई कम्पनीले ७ हजार रुपैयाँसम्मको भ्यालु एडिसन र ६ हजार रुपैयाँसम्म नगद छुट दिने कम्पनीले जनाएको छ ।

पोखरा सर्भिस मेलामा स्पेयर पाट्र्स र इन्जिन आयलमा १५ प्रतिशत छुट, लेबर चार्जमा ५० प्रतिशत छुट र नयाँ एएमसीमा ३० प्रतिशत छुट प्रदान गरिने छ ।

साथै, ग्राहकलाई निःशुल्क इन्जेक्टर क्लिनिङ, वासिङ, ब्राण्डेड उपहारको व्यवस्था गरिएको छ । मेलामा सहभागी हुने ग्राहकका लागि ‘बम्पर लक्की ड्र’ समेत राखिएको छ ।


Back_to_top