व्यापक अपडेट र प्रिमियम फिचरसहित आउँदै न्यू जेन टोयोटा फर्चुनर

काठमाडौं । टोयोटाको चर्चित एसयूभी फर्चुनरको न्यू जेनेरेसन व्यापाक अपडेटसहित बजारमा आउने भएको छ ।

हालै सार्वजनिक भएका स्पाइ तस्बिरले नयाँ पुस्ताको फर्चुनर  चाँडै बजारमा आउने संकेत गरेको हो  । टोयोटाले नयाँ फर्चुनरको आधिकारिक लन्च मिति घोषणा गरेको छैन् । तर, सन् २०२६ को अन्त्यतिर विश्व बजारमा डेब्यु हुने तयारीमा रहेको बुझिएको छ ।

नयाँ फर्चुनर नवौं पुस्ताको हाइलक्स पिकअप ट्रक जस्तै अपडेटहरू हुने सम्भावना छ । न्यू जेन फर्चुनरले नयाँ हाइलक्सको जस्तै नयाँ ‘आइएमभी ल्याडर फ्रेम प्लेटफर्म’ सेयर गर्ने अपेक्षा गरिएको छ । यसले आफ्नो बलियो बनावट र आक्रामक एसयूभी  स्वरूपलाई कायम राख्दै अझ अपराइट स्ट्याण्स, फराकिलो अगाडिको भाग र फ्ल्याटर बोनेटको साथ आउनेछ ।

नयाँ टोयोटा फर्चुनरको डिजाइन नयाँ हाइलक्स पिकअप ट्रकबाट प्रेरित हुनेछ । यस एसयूभीको अगाडिको भागमा स्प्लिट हेडल्याम्प सेटअप, पातलो एलईडी डीअरएल, ठूलो आकारको नयाँ डिजाइन गरिएको ग्रिल र फग ल्याम्प जडान गरिएको परिमार्जित बम्पर हुनेछ। पछाडि र्याप अराउण्ड टेलल्याम्प सहितको अलि वर्गाकार र परिमार्जित बम्पर समावेश हुन सक्छ ।

यसको इन्टेरियरमा पनि व्यापक अपडेड हुने अपेक्षा गरिएको छ । इन्टेरियरका विवरणहरू अझै गोप्य राखिएको भए पनि नयाँ फर्चुनरमा नयाँ हाइलक्स जस्तै ठूलो १२.३ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र फुल्ली डिजिटल ड्राइभर डिस्प्ले हुने अपेक्षा गरिएको छ ।

स्पाइ तस्बिर अनुसार नयाँ फर्चुनरमा टोयोटाको एडास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) अर्थात् ‘टोयोटा सेफ्टी सेन्स’ समावेश भएको पुष्टि हुन्छ ।  यसमा दुर्घटना हुनुअगावै सचेत गराउने (प्रि कोलिजन सिस्टम), लेन ट्रेसिङ असिस्ट, लेन डिपार्चर अलर्ट, डाइनामिक राडार क्रुज कन्ट्रोल, इमर्जेन्सी स्टेयरिङ असिस्ट, अटोमेटिक हाई बीम, रोड साइन असिस्ट, रियर क्रस ट्राफिक अलर्ट र ब्लाइण्ड स्पट मनिटर जस्ता सुविधा हुने सम्भावना छ ।

यसमा ओभर द एयर अपडेट, वायरलेस फोन चार्जिङ, दुईवटा १२.३ इन्चको डिस्प्ले सेटअप, भेन्टिलेटेड र पावर्ड फ्रन्ट सिट, ३६० डिग्री क्यामरा र अन्य धेरै प्रिमियम फिचर हुनेछन् ।

कम्पनीले नयाँ फर्चुनरको पावर ट्रेन भने हालकै २.७ लिटर पेट्रोल र २.८ लिटर डिजेल इन्जिन विकल्पहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । यसको २.८ लिटर डिजेल इन्जिनमा टोयोटाको ४८ भी माइल्ड हाइब्रिड प्रणालीसँग पनि उपलब्ध हुनेछ ।

नयाँ फर्चुनरमा ६स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स रहने छ । केही विशेष भेरियन्टहरूमा फोर ह्वील ड्राइभ प्रणालीलाई पनि निरन्तरता दिइने छ।


Back_to_top