नेपालमा बिक्री सुरू हुँदै टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल RTX 300

काठमाडौं । नेपाली बजारमा टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल आरटीएक्स ३०० (RTX 300) चाँडै बिक्री सुरू हुने भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस आरटीएक्स ३०० मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको हो ।

भारतमा बिक्री सुरू भएको ९ महिनापछि आरटीएक्स ३०० मोटरसाइकल नेपालमा लन्च हुन लागेको हो । जगदम्बा मोटर्सका अनुसार हाल आरटीएक्स ३०० विभिन्न स्थानमा परीक्षण भइरहेको छ । स्रोतका अनुसार आरटीएक्स ३०० भारतमा उपलब्ध तिनै भेरियन्ट नेपाल ल्याइएको छ ।

परीक्षण क्रममा रहेको उक्त मोटरसाइकल चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनी स्रोतले बतायो । कम्पनीले औपचारिक रूपमा लन्च मिति घोषणा गरेको छैन । तर, आगामी साउन २६ गतेदेखि सुरू हुनु नाइमा मोबिलीटी एक्स्पोमा सार्वजनिक हुने सम्भावना छ ।

टीभीएसको पहिलो एडीभी मोडलका रूपमा बजारमा आएको आरटीएक्स ३०० भारतीय बजारमा सस्तो मूल्य र आधुनिक फिचरका कारण छोटो समयमै निकै चर्चित बनेको छ । नेपाली बजारमा पनि यो मोटरसाइकलले एड्भेन्चर टुरिङ सेग्मेन्टमा नयाँ मानक बनाउने अपेक्षा गरिएको छ ।

यस्तो छ टीभीएसको आरटीएक्स ३००

टीभीएसले आरटीएक्सलाई नयाँ जेनेरेसन आरटी एक्सडी फोर इन्जिन प्लेटफर्ममा निर्माण गरेको हो । यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन एकदमै सक्षम रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको फ्रेम, चेसिस र अन्य डिजाइन कम्पनीले सबै नयाँ दिएको हो । भेरियन्ट अनुसार केही फिचर भने फरक फरक छन् ।

आरटीएक्स ३०० निकै आकर्षित सेमीफियर्ड एड्भेन्चर टुरर डिजाइनमा छ । स्टाइलिस लुक्समा देखिएको यस मोटरसाइकलमा एलईडी हेडल्याम्प सेटअप, अग्लो विन्डस्क्रीन, मस्कुलर ट्यांक एक्सटेन्सन, हाई माउण्ट गरिएको फ्रन्ट बीक र बम्पर गार्डहरू, बिफि नकल गार्ड, साइड गार्ड, माउन्टिङ पोइन्ट र रियर लगेज र्याक, बास प्लेट, इन्जिन केसिङमा ब्रश गोल्डेन फिनिश, ब्ल्याक अलोय ह्वील र लङ ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले मोटरसाइकललाई अझ धेरै स्पोर्टी र रग्ड लुक्स दिन्छ ।

आरटीएक्समा नयाँ आरटी एक्सडी फोर २९९.१ सीसी, सिंगल सिलिण्डर, ४ भल्भ, लिक्विड र वाटर कुल्ड, डीओएचसी इन्जिन छ। यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३५ पीएस पावर तथा ७००० आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्छ। मोटरसाइकलमा ६ स्पीडको गियरबक्स, क्वीकसिफ्टर र स्लिप एन्ड असिस्ट क्लच पनि छ ।

यसको फ्रन्ट टायरमा १९ इन्च र रियर टायरमा १७ इन्चको अलोय ह्वील, अगाडी डब्लूपी इन्भर्टेड फोर्क र पछाडी प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप, ब्लक प्याटर्न ट्युबलेस टायर, डबल डिस्कब्रेकसँगै स्ट्याण्डर्ड डबल च्यानल एबीएस रहेको छ ।

आरटीएक्स एड्भेन्चरमा पूरा एलईडी लाइट सेटअप, ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, एपसहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, नेभिगेसन र म्याप मिररिङ, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोलर, मल्टिपल राइड मोडहरू, ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ह्वीली मिटिगेसन, एड्भेन्चर राइडका लागि इलेक्ट्रोनिक थ्रोटल सिस्टम र टेरेन अडेप्टिभ एबीएस जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।


Back_to_top