प्रदेश ३ सरकारले ‘प्रदेश सार्वजनिक बस सेवा’ सञ्चालन गर्ने

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले सार्वजनिक सवारीलाई सहज बनाउन प्रदेश सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायातमा सरकारको उपस्थिति शून्यप्राय भएकाले प्रदेश सरकारले सार्वजनिक बस सञ्चालन गर्ने भएको हो ।  

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा विकास मन्त्री कैलाश ढुंगेलले प्रदेश संसदमा असार १ गते प्रस्तुत गरेको बजेटमा यस्तो व्यवस्था गरेका हुन् । बजेटमा सार्वजनिक–निजी–सहकारी मोडलमा बस सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

बजेटमा ‘सार्वजनिक–निजी–सहकारी साझेदारीमा प्रदेश सार्वजनिक बस सेवा सञ्चालको लागि आवश्यक बजेट व्यवस्था गरिएको’ उल्लेख छ । त्यस्तै प्रदेश ३ को बजेटमा स्थानीय तहसँगको सहकार्यमा सबै जिल्ला सदरमुकाममा रहेका बसपार्कलाई क्रमशः स्तरोन्नती गर्न बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै सार्वजनिक–निजी–साझेदारीका माध्यबाट इलेक्ट्रीक मास ट्रान्जिट प्रणाली सञ्चलन गर्न प्रदेश सरकारले अनुदान दिने भएको छ । प्रदेश ३ सरकारले २०८५ सम्ममा काठमाडौं उपत्यका लगायत ठूला सहरमा पेट्रोलियम पदार्थमा आधारित सार्नजनिक सवारीसाधन क्रमशः विस्थापित गर्ने नीति अनुरुप विद्युतीय सवारी सञ्चालनमा प्रोत्सोह गर्न आर्थिक सहायता दिने भएको छ । 


Back_to_top