पुलचोकदेखि थापाथली जोड्ने फ्लाइओभर बनाउँदै ललितपुर महानगर

काठमाडौं । ललितपुर नगरपालीकाले पुलचोकदेखि थापाथली जोड्ने फ्लाइओभर बनाउने भएको छ । आउदो आर्थिक वर्षमा नगरपालीकाले फ्लाइओभर निर्माण गर्ने भएको हो । पुलचोकदेखि थापाथलीसम्म १.४ किलोमिटर लामो फलाइओभर निर्माण गर्न लागिएको ललितपुर महानगरप्रमुख चिरिबाबु महर्जनले बताए । 

उक्त फलाइओभर निर्माणका लागि ४ देखि ५ अर्ब खर्च लाग्ने अनुमान गरिएको मर्हजनले जानकारी दिए । 

फ्लाइओभरको डिजाइन निर्माण भइसकेकोक छ । उक्त डिजाइनमा थापाथली क्यामपसको जग्गा पनि निर्माण क्षेत्रमा पर्ने देखिएको उनले खुलाए । 

डिजाइन फाइनल भएको र नेपालीहरुले नै डिजाइन गरेकाले हामीभन्दा राम्रो र अनुभवी इन्जिनियरलाई देखाउन जाइकासँग समन्वय गरिरहेको उनले बताए । 

‘डिजाइन बनी सक्यो, टेन्टेटिभ लागत पनि तोकिसकेको छ तर, नेपाली डिजाइन भएकाले एक चोडी अनुभवीसँग फाइनल गराउन बाँकी छ, त्यसका लागि हामी जाइकासँग डिजाइन चेक गराउँदै छौँ,’ महर्जनले मेरोअटोसँग भने । 

उनले आफ्नो फ्लाई ओभरको डिजाइन निर्माण भइसकेको र उक्त फ्लाई ओभर लगेर त्रिपुरेश्वर–थापाथलीमा सरकारले बनाउन लागेको फलाई ओभरसँग जोड्ने योजना रहेको सुनाए । 

सो योजना अनुसार पुलचोक–थापाथली र त्रिपुरेश्वर–थापाथलीमा बन्ने फ्लाई ओभर एकआपसमा जोडिने भएकाले त्यसलाई एकसाथ समन्वयन गरेर निर्माण गर्नु पर्ने हुनेछ । 

उनले हरेक निर्मणका लागि खरिद ऐन अनुसार जानु पर्ने र त्यसमै धेरै समय लाग्ने हुँदा काम गर्न कठिन रहेको बताए । 

सरकारले गर्ने काम सार्वजनिक खरिद ऐन अनुसार १ वर्षमा सुरु हुन सकेपनि स्थानिय निकायले २ वर्ष कुर्नु पर्ने अवस्था रहेको छ । यसलाई चाँडो परिवर्तन गर्नुपर्ने महर्जन बताउँछन् । 


Back_to_top