नेपालको पहिलो स्कुटर यात्री ‘पी-२’ तीन फरक ब्याट्रीमा किन्न पाइने

काठमाडौं । यात्री स्कुटर विभिन्न ३ ब्याट्री अप्सनमा उपलब्ध हुने भएको छ । सिप्रदी यात्रीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटरमा ५.२, ३.७ र ३ किलोवाट आवरको ब्याट्री विकल्प प्रस्तुत गरिएको हो ।

ब्याट्रीको साइज अनुसार रेन्ज पनि फरक हुनेछ । सबैभन्दा ठूलो ५.२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा १५७ किलोमिटर रेन्ज दिन्छ ।

त्यसैगरी ३.७ किलोवाट आवर क्षमताको ब्याट्रीले ११२ किलोमिटर र ३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

सिप्रदी यात्रीले डिसी चार्जर सपोर्ट गर्नेगरी तयारपारेको स्कुटर चार्ज गर्न देशभर ३५ स्थानमा तत्कालै डीसी चार्जर स्थापना गर्ने भएको छ । यसले ३.३ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ ।

रोचक कुरा के छ भने स्कुटरले एन्ड्रोइड अटो र एप्पल कार प्ले पनि सपोर्ट गर्छ । रियल टाइम इनर्जी मिटर, स्मार्ट डिस्प्ले प्रयोग भएको स्कुटरको ब्याट्री म्यानेजमेन्ट सिस्टम भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआएआई) बाट प्रमाणित रहेको छ ।

एआरएआई सर्टिफिकेसन भएको कारण यदि भोलिको दिनमा भारत निर्यात गर्न सक्ने अवस्था आएको खण्डमा पनि सहज हुने देखिएको छ ।


Back_to_top