भेस्पा र अप्रिलियाको स्कुटर किन्दा साढे २८ हजारसम्म फाइदा पाइने

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६  मा भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दा साढे २८ हजार रुपैयाँसम्मकोे लाभा प्राप्त गर्न सकिने भएको छ ।

नेपालका लागि भेस्पा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नाडा अटो शोलाई लक्षित गर्दै  ल्याएको विशेष ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजनामा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार ग्राहकले नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया स्कुटर खरिद तथा बुकिङ गर्ने ग्राहकले २८ हजार ५०० रुपैयाँसम्मको विशेष लाभ पाउने छन् ।

साथै, ग्राहकलाई विशेष भेस्पा तथा अप्रिलियाको ल्यापटप ब्याग समेत प्रदान गरिनेछ। यो सुविधा नगद, फाइनान्स तथा एक्सचेन्ज मार्फत खरिद गर्ने सबै ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ।

यस वर्ष वेस्पाले नाडामा आफ्नो उपस्थितिलाई अझ आकर्षक बनाउँदै इटालियन क्याफे शैलीको ढाँचामा कक्ष निर्माण गरेको छ। उक्त ढाँचामार्फत वेस्पाको प्रतिष्ठित इटालियन बनावट, जीवनशैली र उत्कृष्ट अनुभवलाई प्रस्तुत गरिएको छ।

कम्पनीले नाडामा आफ्नो नयाँ मोडल अप्रिलिया एसआर १७५ एचएचपीई, लाइल्याक कलरमा भेस्पा १२५ र ओरो कलरमा भेस्पा एस १२५ सार्वजनिक गरेको छ ।

यी बाहेक अटो शोमा अप्रिलिया स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ मोडल उपलब्ध छन्  ।

डेल्टा अटोकर्पका निर्देशक तथा मुख्य कार्यकारी अधिकृत विजय कुमार महतोले नाडामा भेस्पाको क्याफे शैलीको कक्ष र विशेष छुट योजनाले ग्राहक अनुभवलाई अझ अविष्मरणीय बनाउने बताए ।

‘नाडा अटो शो २०२६ मा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ। नयाँ अप्रिलिया एसआर १७५ एचपीई तथा बैजनी रङको भेस्पा १२५ र सुनौलो रङको भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव दिनेछ। साथै, भेस्पाको क्याफे शैलीको कक्ष र विशेष छुट योजनाले नाडाको अनुभवलाई अझ अविष्मरणीय बनाउनेछ,’ उनले भने ।


Back_to_top