अल्फा अटोमोटिभ र एमएडब्लूले बाढीपीडितललाई दिए २.११ करोड

काठमाडौं । भोटेकोशी बाढी पीडितको सहयोगका लागि अटोव्यवसायीहरुले पनि धमाधम आर्थिक सहयोग गरिरहेका छन् ।

यसैक्रममा, शुक्रबार तीन अटो कम्पनीले ३ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुुन् ।

अर्थमन्त्रालयका अनुसार मोरङ अटो वक्र्स (एमएडब्ल) समूले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपालमा चांगन, डोङफेङ, यामाहा लगायत आधादर्जन बढी ब्राण्डका सवारी बिक्री गर्दै आएको छ ।

त्यस्तै, नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले १ करोड सहयोग गरेको छ ।

पद्मज्योति समूहको स्याकार ट्रेडिङले पनि १ करोड रुपैयाँ उद्धार कोषमा जम्मा गरेको छ ।

यसअघि बीवाइडी र साइमेक्स इंकले संयुक्त रुपमा ७ करोड, म्याक्सस नेपालले ७० लाख, नाडाले १० लाख, मेगा माेटर्सले १० लाख  रुपैयाँ सहयोग गरेका थिए ।


Back_to_top