चेरी बन्यो चीनको सबैभन्दा विश्वससनीय ब्राण्ड

काठमाडौं । चेरी चनीको सबैभन्दा विश्वसनीय अटोमोबाइल्स ब्राण्ड बनेको छ ।

२०२६ जेडी पावर चाइना भेहिकल डिपेन्डिबिलिटी स्टडी (भीडीएस) अनुसार चेरी लगातार दोस्रो वर्ष चीनका अटो ब्राण्डमध्ये लगातार दोस्रो वर्ष विश्वसनीयतामा शीर्ष स्थानमा परेको हो ।

यससँगै चेरीले गुणस्तर र विश्वसनीयताप्रतिको आफ्नो निरन्तर प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ । यस उपलब्धिले दीर्घकालीन गुणस्तर, टिकाउपन र भरपर्दो प्रदर्शन प्रदान गर्ने सवारी साधन निर्माण गर्ने चेरीको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । साथै, विश्व बजारमा चेरीको बढ्दो प्रतिष्ठालाई समेत यस मान्यताले थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।

जेडी पावरले १३ देखि ४८ महिनासम्म पुराना सवारी साधनका मालिकहरूले पछिल्लो ६ महिनाको अवधिमा अनुभव गरेका समस्याहरूका आधारमा सवारी साधनको विश्वसनीयता मूल्यांकन गर्दछ। यस अध्ययनमा चीनका ८० वटा सहरका ११,००० भन्दा बढी सवारीधनी, ३४ वटा ब्राण्डका १०९ मोडल समेटिएका थिए।

नेपालमा चेरीका लागि पनि यो उपलब्धि विशेष महत्व राख्दछ । नेपालमा चेरीका चार सबब्राण्डका सवारी बिक्री हुँदै आएका छन् । चेरी क्यू गत साउनदेखि नेपाल प्रवेश गरेको छ भने ओमोडा, जेको र आइकारको विगतदेखि नै उपस्थिति छ । नेपालमा यी ब्राण्डका गाडी उपभोक्ताको रोजाइमा पर्दै आएका छन् ।

यी ब्रान्डहरूले नेपाली उपभोक्ताका लागि आधुनिक डिजाइन, स्मार्ट प्रविधि र विविध आवश्यकतालाई सम्बोधन गर्ने सवारी साधनहरूको फराकिलो पोर्टफोलियो प्रस्तुत गरिरहेका छन्।

जेडी पावरको यस निरन्तर मान्यताले ग्राहकका बदलिँदा अपेक्षाअनुसार गुणस्तरीय, टिकाउ र भरपर्दा सवारी साधन निर्माण गर्न चेरीले गर्दै आएको निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्दछ। यो उपलब्धिले चेरीका ग्राहकहरूलाई खरिददेखि दीर्घकालीन स्वामित्वसम्मको यात्रामा थप आत्मविश्वास प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।


Back_to_top