मारुती अर्टिगा क्रशको दोस्रो संस्करण नोभेम्बरमा सार्वजनिक हुने

मारुती सुजुकीले भारतीय बजारमा आर्टिगाको दोस्रो संस्करण सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी नोभेम्बरमा उक्त मोडललाई भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले ल्याएको अर्टिगाको दोस्रो संस्करण रेगुलर मोडलभन्दा प्रिमियम लुकमा आउने छ । यसमा प्रोमिनेन्ट र अगे्रशिप नोज, सार्पर हेडलाटसँगै इन्र्टग्रेटेड एलइडी डे टाइम रनिंग लाईट, नयाँ फ्रन्ट बम्परसँगै क्रोम ट्रिटमेन्ट, एक्सक्लुसिभ अलोय ह्वीलको विशेषता दिइएको छ ।

नयाँ अर्टिगामा ६ वटा सिट राखिने कम्पनीले जनाएको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको के १५ स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन दिइएको छ । यसमा उपलब्ध इन्जिनले ६ हजार आरपीएममा १०४.६ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ ।

यसमा पाँच स्पीड म्यानुअल युनिट र ४ स्पीड अटोमेटिक युनिट लगाइएको छ । यसले प्रतिलिटर २५.४७ किलोमिटर माइलेज प्रदान गर्छ ।


Back_to_top