मन्त्रीको ठाडो प्रस्तावमा यातायातका डीजी दाहालको सरुवा

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको ठाडो प्रस्तावमा सरुवा गरिएको छ । दाहाल तीन महिनाअघि मात्रै यातायात व्यवस्था विभागमा आएका थिए । अब दाहाललाई राष्ट्रिय सुचना आयोगमा पठाइएको छ ।

त्यसोत विभागमा महासेठले मन्त्रालय सम्हालेदेखि तीन पटक डीजीको सरुवा भइसकेको छ । मन्त्री भएलगत्तै सिन्डिकेट तोडेका रुपनारायण भट्टराईलाई सरुवागरी लावण्यप्रसाद ढकाललाई ल्याएका उनले केही महिनामा नै उनलाई हटाएर कुमारप्रसाद दाहाललाई ल्याएका थिए ।

दाहालले पछिल्लो समय नयाँ बसपार्कको जग्गाको विषय उठाएसँगै मन्त्री महासेठ र दाहालबीचको सम्बन्ध चिसिएको थियो । उसोत ट्याक्सीमा सरकारले गर्दै आएको सिन्डिकेट तोड्न दाहाल लागेदेखिनै उनलाई त्यहाँबाट हटाउने खेल सुरु भइसकेको थियो ।

नयाँ बसपार्कले चर्चेको करिब १६५ रोपनी जग्गामध्य आधाभन्दा बढी जमिनमा लोत्सेले ठूला कर्मशियल भवन बनाएर भाडामा लगाउन सुरु गरेको समयमा यो विषयलाई दाहालले गैरकानुनी कदम भन्दै लोत्से र नगरपालीकाबीच भएको सम्झौता मगाएका थिए ।

यद्यपी दाहालले समेत पछिल्ला समय गरेका कुनैपनि निर्णय कार्यान्वयनमा लान सकेका थिएनन् । उनको निर्णय शैलीसँग पुरै मन्त्रालय असन्तुष्ट रहेको कुराहरु बाहिर आएका थिए ।   


Back_to_top