महिन्द्रा बीई सिक्समा दशैं स्कीम, पाइन्छ ९ सुविधा

काठमाडौं । महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट प्रालिले दशैं लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो इलेक्ट्रीक एसयूभी बीई सिक्समा दशैं अफर ल्याएको हो ।

कुप्पे डिजाइनमा तयार पारिएको बीई सिक्स नेपाली बजारमा आकर्षक डिजाइन, उच्च प्रविधि र पावरको कारण चर्चामा रहेको मोडल हो । कम्पनीले विभिन्न तीन भेरियन्टमा बीई सिक्स उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार बीई सिक्सको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीले चाडपर्वमा बीई सिक्स किन्ने उपभोक्ताले विभिन्न ९ वटा फाइदा पाउने जनाएको छ ।

आकर्षक नगद छुट

बीई सिक्सको खरिदमा कम्पनीले आकर्षक नगद छुट उपलब्ध गराउने जनाएको छ । अर्थात् ग्राहकले तोकिएको मूल्यमा थप नगद लाभ लिन सक्नेछन्।

एक्सचेन्ज बोनस

कुनै पनि ब्राण्डको पुरानो गाडी दिएर बीई सिक्स खरिद गर्ने ग्राहकलाई एक्सचेन्ज बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसले पुरानो गाडीको राम्रो मूल्यसँगै नयाँ विद्युतीय एसयूभी खरिद गर्न सहज बनाउनेछ ।

सहज वित्तीय सुविधा

कम्पनीका अनुसार बीई सिक्स खरिदकर्ताले सहजै कर्जा सुविधा पाउने छन् । यसले एकैपटक ठूलो रकम लगानी गर्न नसक्ने ग्राहकलाई मासिक किस्ता तिर्नेगरी गाडी खरिद गर्ने विकल्प दिएको छ ।

निःशुल्क २ चार्जर

बीई सिक्ससँग ७ किलोवाट र ३ किलोवाटका दुई चार्जर निःशुल्क पाउन सकिनेछ । घरमा नियमित चार्जिङ गर्न ७ किलोवाटको वालमाउन्ट चार्जर उपयोगी हुन्छ ।

आकर्षक उपहार

कम्पनीले बीई सिक्स खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार प्याकेज समेत दिने जनाएको छ । चाडपर्वको समयमा गाडी खरिद गर्ने ग्राहकका लागि यो थप सुविधा हुनेछ । उपहारमा के पाइन्छ भन्ने विषय कम्पनीले खुलाएको छैन ।

स्पेयर टायर

अधिकांश विद्युतीय कारमा स्पेयर टायर आउँदैन । तर, बीई सिक्समा स्पेयर टायर दिने कम्पनीले जनाएको छ । स्पेयर टायर रहँदा लामो यात्रा तथा दुर्गम सडकमा चलाउँदा टायरमा समस्या आए तत्काल प्रयोग गर्न सकिने छ ।

निःशुल्क एसेसरिज

बीई सिक्स खरिद गर्ने ग्राहकले गाडीमा थप्नु पर्ने म्याट लगायतका एसेसरिज निःशुल्क पाउने छन् । यसले गाडी किनेपछि थप गर्नु पर्ने खर्च बचत हुनेछ ।

तत्काल डेलिभरी

बुकिङपछि लामो समय कुर्न नपर्ने गरी तत्काल डेलिभरीको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । गाडी किन्ने निर्णय गर्ने वित्तिकै डेलिभरीको मिति एकिन गर्न सकिन्छ ।

निःशुल्क वार्षिक कर

महिन्द्राले बीई सिक्स खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क वार्षिक कर दिने जनाएको छ ।

यति धेरै स्कीम उपलब्ध बीई सिक्स कस्तो छ ?

बीई सिक्सको मुख्य आकर्षण भने यसको डिजाइन, विद्युतीय मोटर र प्रविधि हो । महिन्द्राले आफ्नो इनग्लो विद्युतीय प्लेटफर्ममा तयार पारेको बीई सिक्सलाई परम्परागत एसयूभीभन्दा फरक कुप्पे शैलीमा डिजाइन गरेको छ ।

यसको अगाडिको भागदेखि पछाडिसम्म नै निकै धारिलो र आधुनिक डिजाइन देखिन्छ । १९ इन्चको ह्वील, कुप्पे शैलीको छत र उठेको एसयूभी स्वरूपले यसलाई सडकमा फरक पहिचान दिन्छ ।

बीई सिक्समा ५९ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसलाई १७५ किलोवाटको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ । गाडीमा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर छ । जसले अधिकतम ३८० न्यूटन मिटर टर्क उत्पादन गर्छ ।

साइजका हिसाबले यसको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस रहेको छ । २०७ एमएमको ग्राउण्ड क्लियरेन्स र ४५५ लिटरको बुट क्षमताले यसलाई नेपाली सडक र दैनिक प्रयोगका लागि पनि व्यावहारिक बनाएको देखिन्छ ।

भित्र भने बीई सिक्स अझै प्रविधिमैत्री छ । १२.३ इन्चका दुईवटा स्क्रीन, स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेजसहितको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । यसमा ३० भन्दा बढी एप पहिल्यै इनब्यूल्ट भएका छन् ।

त्यस्तै, हर्मन कार्डनका १६ वटा स्पिकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, ५जी कनेक्टिभिटी, पानारोमिक सनरुफ, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा र लेभल–२ एडीएएस जस्ता सुविधा छन् । सुरक्षातर्फ ७ वटा एयरब्याग पनि पाउन सकिन्छ ।


Back_to_top