दुई सातापछि संचालनमा आयो मालढुंगा पुल

काठमाडौं । बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल संचालनमा आएको छ ।

असोज ११ गते कालिगण्डकीमा आएको बाढीले क्षति पुर्याएको पुलको पहुँचमार्ग निर्माण गरी आजदेखि यातायात संचालनमा ल्याइएकाे हो ।

बाढीले पर्वततर्फको पहुँचमार्गकाे २२ मिटर लम्बाइ र ८ मिटरसम्म पर्खाल बगाएको थियो । उक्त स्थानमा ग्याबिन वाल तथा जियो ब्याग राखेर माटो भरिएको हो ।

पुल संचालनमा आएसँगै दुई सातादेखि टुटेको पर्वत र बागलुङको  सिधा सडक सम्पर्क सुचारु भएको छ । साथै, बागलुङ हुँदै रुकुमपश्चिम, जाजरकोट लगायत जाने सवारीलाई सहज भएको छ ।


Back_to_top