काठमाडौं । चेरी होल्डिङ ग्रुप अन्तर्गतको प्रिमियम ब्राण्ड जेटुर आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।
नेपालका लागि जेटुरको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले दुई नयाँ एसयूभी जेटुर टी वान र टी टुको बुकिङ खुलाएको हो ।
कम्पनीले जेटुर टी वानको सुरुआती मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ र टी टुको मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
जेटुर बिक्रीका लागि लक्ष्मी मोटरहबलले काठमाडौंको थापाथलीमा अत्याधुनिक शोरुम संचालनमा ल्याएको छ ।
इच्छुक ग्राहकहरूले थापाथलीस्थित शोरुममा गएर गाडीहरू प्रत्यक्ष हेर्न, फिचर्सबारे बुझ्न र आफ्नो गाडी प्रि-बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
जेटुर टी वान र टी टु दुवै आधुनिक, बक्सी र अफरोड लुक्स भएका प्रिमियम एसयूभी हुन् । टी वान केही कम्प्याक्ट र सहरी प्रयोजनका लागि बढी व्यावहारिक छ भने टी २ अफरोड र लामो दुरीको यात्राका लागि केन्द्रित गरिएको छ ।
शक्तिशाली डिजाइन, अफरोड क्षमता र अत्याधुनिक प्रविधिको संयोजन भएका जेटुरका एसयूभी विश्व्भर लोकप्रिय छ । नेपालको भौगोलिक अवस्था र सडक अनुसार दुवै एसयूभी निकै उपयुक्त देखिन्छन् ।
जेटोर टी वान प्लगइन हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर छ । जसकले संयुक्त रुपमा ३६० पीएस पावर दिन्छ ।
जेटुर टी टु अलह्वील ड्राइभ सिस्टम भएको आइस गाडी हो । यसमा २.० लिटर टर्बोचार्ज्ड डिरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन छ । जसले २५१ पीएससम्म पावर तथा ३७५ न्युटन मिटर टर्क प्रदान गर्छ ।

