काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश झनै कडाइ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको जेठ ३० गतेको निर्देशन अनुसार काठमाडौं प्रवेशका लागि आफू बसेको नगरपालिकाको अनिवार्य स्वीकृति चाहिने जानकारी गराएको छ ।
अब काठमाडौं उपत्यका प्रवेशका लागि सम्बन्धित नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ ।
त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।
काठमाडौंबाट बाहिर जानका लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ।
जेठ २८ गतेको मन्त्रिपरिषदको बैठकले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि गृहले सवारी पास बन्द दिन गरेको थियो ।


