सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन-एजेडी कलसाइन हेलिकप्टर नुवाकोटको शिवपुरी-७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनमा परी ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलिकप्टर पाइलट अरुण मल्ल र चार चिनियाँ नागरिक रहेका छन् ।

काठमाडौंबाट दिउँसो पौने २ बजे उडेको हेलिकम्पटर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो।

दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।


Back_to_top