कोनोना संक्रमणको परिक्षण गर्ने नमुना लिन गएको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

काठमाडौं । कोरोना भाइरसको शंकामा रहेका बिमारीको नमुना लिन गएको नेपाल एयरलायन्सको विमान नेपालगञ्ज विमानस्थलमा चिप्लीएको छ ।

विमान अवतरण गर्ने क्रममा रन वेबाट चिप्लीएर गाँसे मैदानमा पुगेको हो । ल्याण्डगर्ने क्रममा धावनमार्गभन्दा केही अघि विमान पुगेको हो । तर, रोकिसकेको कारण कुनै मानविय क्षति भने नभएको नेपाल एयरलाइन्स स्रोतले जनाकारी दिएको छ ।

अव नमुना लिन अर्को विमान पठाउने तयारी भइरहेको जनाइएको छ ।


Back_to_top